
भारतीय नागरिक नलकटुवा पेस्तोलसहित रौतहट मा पक्राउ
रौतहटमा एक भारतीय युवक हतियारसहित प्रहरीले पक्राउ गरेको छ । रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ८ बाट एक भारतिय युवक हतियार सहित पक्राउ परेका हो ।
सशस्त्र प्रहरीको बेलबिछ्वा बोर्डर आउट पोस्टले भारत बिहार बैरगनिया मुसाचकका २१ वर्षीय नितेश कुमार पटेललाइ नलकटुवा पेस्तोल सहित पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक सुर्य बहादुर सेन ओलिले बताउनु भयो ।
भारतीय युवक पटेलले दाहिने तिघ्रामा सो हतियार लुकाएर नेपाल प्रवेश गर्दै गर्दा पक्राउ परेको उपरीक्षक ओलिले बताउनु भयो । पक्राउ परेका युवकलाई थप अनुसन्धानको लागि नेपाल प्रहरीलाई जिम्मा लगाइने उहाले जनाउनु भएको छ ।