जिल्ला प्रशासन कार्यालय रौतहटको प्रमुख निवास भवनको शिलान्यास

जिल्ला प्रशासन कार्यालय रौतहटले विभिन्न व्यतित्वहरुलाई आईतबार कदर तथा सम्मान गरेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटको नव निमार्ण भवन प्रमुख जिल्ला अधिकारी आवास शिलान्यास कार्यक्रममा उहाहरु सम्मानित हुनु भएको हो ।

जिल्ला प्रशासन कार्यालयका लागि जग्गा दाता तथा कोभिड १९ जोखिम व्यवस्थापन , व्यक्तिको नाममा रहेको वनको जमिन नेपाल सरकारको नाममा फिर्ता गराउन सहयोग गर्ने शान्ति सुरक्षा व्यवस्थापनमा सहयोग पुर्याएको भन्दै विभिन्न व्यतिmहरुलाई सम्मान तथा कदर गरेको हो ।

रौतहटको गौरमा  आयोजित कार्यक्रममा गृह सचिव महेश्वर न्यौपानेले जग्गादाता गोपाल अग्रवाल, विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरु , रौतहटका १८ वटै स्थानिय तहका प्रमुखहरु, सामाजिक सघसस्थाका पदाधिकारीहरु , कर्मचारीहरुलाई सम्मान तथा कदर पत्र प्रदान गर्नु भएको छ ।

कार्यक्रममा गृह सचिव महेश्वर न्यौपाने , नेपाल प्रहरी का आइजीपी शैलेश थापा , सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनाल लगायत सुरक्षा निकायका उच्च दर्जाका अधिकारीहरुको सहभागीता रहेको थियो ।