
रौतहटमा बढदै गएको अपराधिक घटनामा कसैसँग सम्झौता नगर्ने गृहसचिव न्यौपानेको भनाई
जिल्ला प्रशासन कार्यालय रौतहटको भबन उदघाटन पश्चात गृहसचिब महेश्वर न्यौपानेले प्रदेश नम्बर २ मा रहेको सुरक्षा चुनौति, तस्करी, लागु औषध र अपराधका घटनामा कसैसंग सम्झौता नहुने बताउनु भएको छ ।
उहाले जिल्ला प्रशासन कार्यालय रौतहटको भबन उदघाटन गर्ने क्रममा उक्त कुरा बताउनु भएको हो । प्रहरी कर्मचारीहरु कर्तब्यबाट बिमुख भएमा कारबाही हुने बताउनु भयो । उहाले ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा तीन महिना अघि यातना बाट मृत्यु भएका बिजय रामको सन्दर्भलाई समेत जोडेर कर्तब्य पालनबाट पछिहटने प्रहरी अधिकारीलाई कारबाही समेत गरिएको बताउनु भयो ।
सरकारी कार्यालयमा अनियमितता र काममा ढिलासुस्ति भएमा त्यस्ता कर्मचारीलाई कारबाही गरिने समेत बताउनु भयो । रेलमार्ग, हुलाकी सडक, लगायतको महत्वकाक्षी बिकास निर्माणको कार्य समयमै सम्पन्न गराउन सहयोग को भुमिका निर्बाह गर्नु पर्ने बताउनु भयो । जिल्ला प्रशासन कार्यालय रौतहटको भबन १ करोड ७५ लाख ६८ हजार ४ सयमा निर्माण सम्पन्न भएको जनाइएको छ ।