रौतहटको गौरमा कांग्रेसका बृहत बिरोध प्रदर्शन संम्पन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हिजो देशभर शक्ति प्रदर्शन गरेका हुन । ७७ जिल्लामै सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन गरिएका होे ।
नेपाली काँग्रेसका रौतहट जिल्ला सभापति कृष्ण प्रसाद यादवको नेतृत्वमा राइस मिल्सबाट प्ले कार्ड, झण्डा लिएर निस्किएको वृहद विरोध जुलुश गौर नगरको परिक्रमा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कम्युनिष्ट सरकारले मुलुकमा पुन ः अधिनायकवाद ल्याउने षड्यन्त्रमा लागि परेको भन्दै सोको भण्डारफोर गर्न नेपाली काग्रेसका नेता एवं कार्यकर्ताहरु ओली सरकार विरुद्ध चर्का नाराबाजी गरेको थिए ।

गौर नगर परिक्रमा पश्चात पुन ः राइस मिल्सको ऐतिहासिक मैदानमा विरोध जुलुश कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले दुई तिहाईको ओली सरकारबाट जनतालाई गणतन्त्र संस्थागत, जनताको इच्छा आकांक्षा पुरा हुने विश्वास लिएको तर जनताको इच्छा आकाक्षा माथि कुठाराघात गर्दै भ्रष्टाचारी, बलात्कारी, अपहरणकारी लगायतका व्यक्तिहरुलाई संरक्षण दिदै मुलुकमा पुन ः अधिकानयकबादलाई प्रश्य दिने कार्य मात्रै गरेको बताउनु हुदै त्यस्ता भ्रष्ट एवं अधिनायकवादको नियती भएको सरकारलाई हटाउनु बाहेक कुनै विकल्प नरहेको स्पष्ट पार्नु भयो ।

अर्को प्रसगमा बोल्दै सभापति यादवले आफनै पार्टीका सांसद पुर्व मन्त्री अफताव आलमलाई बिनाकारण झुठा मुदा लगाई मुदा लगाई जेल चलान गरिएको भन्दै यो सरकार अहकारले भरिएका सभापति यादवले आरोप लगाउनु भयो।


सभापति यादवले बर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको, देशमा हत्या, हिंसा, अपराध, बलात्कार लगाएतका घटना बढेको र आफना पार्टीको नेतालाई जथाभावी रुपमा विना कारण धरपकड गरेको भन्दै सरकारको यस्ता रबैयाको विरुद्धमा गौरमा विरोध प्रदर्शन गरिको बताउनु भयो। अर्को प्रसगमा बोल्दै सभापति यादवले आफनै पार्टीका सांसद पुर्व मन्त्री अफताव आलमलाई बिनाकारण झुठा मुदा लगाई मुदा लगाई जेल चलान गरिएको भन्दै यो सरकार अहकारले भरिएका सभापति यादवले आरोप लगाउनु भयो।

रौतहटका सबै क्षेत्रबाट लाखौको संख्यामा गएका कार्यकर्ताहरु वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको, र देशमा हत्या, हिंसा, अपराध, बलात्कार लगाएतका घटना बढेको बन्दै केपी ओली मुर्दाबाद, केपी तेरो पाराले दुख पायो साराले,नलायक सरकार चाहिद न चाहिदै न, भन्दै नारा लगाउदै प्रर्दशन गरेका थियो। गाउ गाउबाट गएको कार्यकर्ताहरुलाई देखेर सत्तामा बसेका पार्टीका नेता तथा कार्यकर्ताहरु त्रसित भएका थिए ।
भ्रटचार र काण्डै काण्डले भरिएको सरकार हामीलाई चाहिदैन भन्दै यसलाई ठिक साईजमा ल्याउन काग्रेसले प्रतिपक्षको भुमिका निभाई रहेको भन्दै यसलाई हल्का रुपमा निलिन केपी ओली नेतृत्वको सरकारलाई चेतावनी दिनु भयो। कार्यक्रममा प्रमुख अथितीको रुपमा बोल्दै संविधानसभा सदस्य एवं पुर्वमन्त्री राम कृष्ण यादवले बिगतको माओबादी र एमाले र अहिलको यो नेकपाको सरकारले जनतालाई लुटने काम मात्र गरेको आरोप लगाउनु भयो

त्यस्तै नेपाली कांग्रेसका प्रभावशाली नेता सुनिल यादव उर्फ जितेन्द्रले यो सरकार बन्दुक र सत्ताको पावरले जन्तालाई तरसाई शासन गर्न खोजेको आरोप समेत लगाउनु भयो। मुलुकलाई हरेक चुनौतीको घडीमा निकास र नेतृत्व दिएको दल काँग्रेस भएको भन्दै नेता सुनिल यादव उर्फ जितेन्द्रले प्रतिपक्षमा रहेको समयमा पनि जिम्मेवारपूर्ण व्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहीतामा पार्टी गम्भीर रहेको बताएका छन् ।


वहाले पुर्ण बहुमतको साथ निर्वाचित भएका नेकपालाई स्वागत गरेका थिए। त्यती मात्र नभई नेकपालाई देश चलाउनको लागि जनताले दिएको माण्डेट पुरा गर्न समेत बिश्वास गरेका थिए। तर यो सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेस नेता सुनिल यादवले बताए।

बिरोध प्रदर्शनमा रौतहट क्षत्र नम्बर ४ का सांसद देव प्रसाद तिमल्सेनाले यो सरकार एक बोरा मल दिन्न नसकेने सरकारबाट जनताले के आशा र भरोसा गर्ने भन्नु भएको थियो । यो सरकारको पालमा न्यालय देखि लियर प्रहरी प्रशासन ओलीले लिएको भन्दै यस्ता देशमा जन्ताले न्या पाउन धेरै कठिनाई भईरहेको भन्दै समेत आरोप लगाए।
वहाले यो ओलीको सरकार भ्रष्ट भईसकेको कम्युनष्टि पार्टीका बहुमत नेताहरुले भनिसककोे बताउनु भयो ।