
चन्द्रपुर नपाका ५१ परिवारले पाए चौबन्दि चोली
चन्द्रपुर नगरपालिकाको वडा नम्बर ५ स्थित नहर टोलमा मंगलबार एक कार्यक्रमको आयोजना गरि जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य कन्थमणि जयसवालको प्रमुख आतिथ्यतामा सो कपडा वितरण गरिएको छ । नहर टोलका अधिकांस नागरिकहरु जाडोका कारण जिवनयापन गर्न कठिनाइ भोगीरहेको ले स्थानिय कल्याण रावतको एकल आिर्थक सहयोगमा ५१ ज्ना महिलाहरुलाई सो चौबन्दि र चोली बितरण गरिएको जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य प्रेम नारायण झाले बताउनु भयो । प्रमुख अतिथि कन्थमणि जयसवालले गत स्थानिय चुनावमा पराजित भएतापनि आफु करिव , दुखी जनताहरुको साथमा रहिरहेको बताउनु भयो । नहर डिलमा लामो समयसम्म बस्दै आएका बासिन्दाहरुलाई हटाउने ताकेता गरेका स्थानिय सरकारलाई उनीहरुको ब्यबस्थापनको सुनिश्चितता ग्यारेन्टि नभएसम्म लखेट्ने प्रयास कुनै पनि हालतमा जनता समाजवादी पार्टीलाई मान्य नहुने उहाले जिकिर गर्नु भयो । सो कपडा वितरण सम्पन्न भए लगतै सो वडामा रहेका आफ्ना कार्यकर्ताहरुलाई नेतृत्व विकास क्षमता अभिवृद्धि तथा पार्टी सुदृढिकरण सम्बन्धि अन्तक्रिया समेत गरेका थिए