
कटुवा पेस्तोल सहित रौतहटमा १ जना पक्राउ
विहिबार जिल्ला प्रहरी कार्यालय रौतहटबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी गस्ती टोलीले रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं. ५ झाँझ पुलमा चेकजाँच गर्ने क्रममा ३.५० कटुवा पेस्तोल सहित रौतहटको यमुनामाई गाउँपालिका वडा नं. ४ वस्ने अन्दाजी वर्ष २५ को दिलिप साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पक्राउ परेका साह विआर ३० एम नम्बरको ग्यालेम्बर मोटरसाईकलमा सवार गर्दै आएका थिए । साहलाई चेकजाच गर्दा कम्मरमा लुकाई छिपाई राखेको अवस्थामा ३.५० कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने गोली एक राउण्ड सहित प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।