कटहरियाको वडा नम्बर ५ मा भयो बर्थिङ सेन्टर शिलान्यास

रौतहटको कटहरिया नगरपालीका वडा नम्बर ५ मा शुक्रवार बर्थिङ सेन्टरको शिलान्यास गरिएको छ ।

वडाध्यक्ष सर्फलाल प्रसाद गुप्ताको अध्यक्षता एवं नगर प्रमुख सियाराम कुशवाहको प्रमुख आतिथ्यतामा भएको एक औपचारिक समारोहका बिच नगर प्रमुख कुशवाहले बर्थिङ सेन्टरको नयाँ बन्ने भवनको जगमा ईट्टा राखेर उद्घाटन गरेका हुन । ADRA-Nepal को आर्थिक सहयोग तथा बागमति सेवा समाजको प्राबिधिक सहयोगमा संचालन भईरहेको Health System Strengthening परियोजना अन्तर्गत सम्झौता भई ३ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरि प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा बर्थिङ सेन्टरको शिलान्यास भएको हो ।

बर्थिङ सेन्टर निर्माणको लागी जम्मा लागत २३ लाख ७३ हजार ४२३ मध्ये नगरपालीकाले ९ लाख ८० हजार ३० रुपैँया ब्यहोर्ने छ ।