निशुल्क स्वास्थ्य शिविर सम्पन्न

रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका 11 स्थित मेरिगोल्ड इंगलिस बोर्डिंग स्कुल हिमालीबासको आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर आज सम्पन्न भएको छ ।

शिविरमा फतुवा बिजयपुर न पा को वार्ड नंबर 8, 9, 10, 11 र बारा जिल्लाको कोल्हवी नगरपालिकाको विभिन्न वार्डका करिव 200 जना सर्व साधारण र बिध्यार्थीको निशुल्क स्वास्थ्य परीक्षण गरिएको र उक्त शिविरमा निशुल्क OPD जाच, निशुल्क सुगर जाच,निशुल्क औषधि बितरण समेत गरिएको आयोजक मेरिगोल्ड बोर्डिंगका संचालक अर्जुन श्रेष्ठले बताउनु भयो ।

उक्त कार्यक्रम सामुदायिक प्रसूती गृह निजगढ को सहयोगमा भएको थियो भने डा सतीश निरौला (MDGP) र डा मुन्ना कुमार साह (MBBS) को प्राविधिक सहयोग रहेको आयोजक सस्थाले जनाएको छ ।