
नेकपा परित्याग गरि ५०० जना काग्रेस प्रवेश
नेपाली काग्रेसको पार्टी प्रवेश कार्यक्रम शनिबार सम्पन्न भएको छ । रौतहटको दुर्गा भगवती गाउपालिकाको वडा नम्बर ५ का नेकपा प्रत्यासी वडा अध्यक्षका उमेद्वार भगवान ठाकुरसहित सो वडाका नेकपाका ५०० जना नेता कार्यकर्ताहरु नेपाली काग्रेस प्रवेश गरेको नेपाली काग्रेसका युवा नेता नितेश कुमार गुप्ताले बताउनु भयो ।
नव प्रवेशीहरुलाई नेपाली काग्रेस रौतहट जिल्ला सभापति कृष्ण प्रसाद यादवले टिका लगाई पार्टी प्रवेवश गराएको गुप्ताले बताउनु भयो ।
कार्यक्रममा कांग्रेस युवा नेता नितिश कुमार गुप्ता माधवनारायण गाउपालिकाका सचीव सन्तु प्रसाद यादब , विधायक प्रत्यासी राजेश चोधरी , नागेन्द्र साह लगायत नेपाली काग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।