संसद विघटन राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा आम निर्वाचन बैशाष १७ र २७ गते हुने
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नु भएको हो । संसद विघटन भएसँगै आम निर्वाचनको मितिसमेत तोक्नु भएको छ ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपति समक्ष पेश गर्नु भएको थियो । संसद विघटनको प्रस्तावको मन्त्रीहरुबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षी दलहरुले समेत संविधान विपरित भएको बताएका थिए ।
तर राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गर्नु भयो । उहाले मन्त्रिपरिषद्को सिफारिस बमोजिम ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन समेत तोक्नु भएको छ ।