जनता समाजवादी पार्टी छोडेको जयसवाल नेपाली कांग्रेसमा प्रवेश

जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य एवं उद्योगी ओम प्रकाश जयसवालले पार्टी छोडेको घोष्णा गरेका छन ।

नेता जयसवालले आज एक प्रेस विज्ञप्ती जारी गरेर आफु आजदेखी जनता समाजवादी पार्टी छोडेको घोष्णा गरेका हुन ।
जनता समाजवादी पार्टी छोडेको जयसवाल नेपाली कांग्रेसमा आएको बताएका छन ।
लामो समयदेखी जसपामा रहेका जयसवालले आज जसपा परित्याग गरी कांग्रेसमा प्रवेस गरेको बताएका छन ।
गत प्रतिनिधिसभाको निर्वाचनमा तत्कालिन राजपाबाट ओम प्रकाश जयसवालले रौतहट क्षेत्र नं ३ को सांसदको चुनाव लडेका थिए । चुनावमा राम्रो नतिजा ल्याएका जयसवालले आज कांग्रेसमा आएको बताएका हुन ।
नेपाली कांग्रेसले नै देशलाई सहि दिसामा लेजाने र विकासको गतिलाई समेत अगाडि बढाउने भएकोले आफु कांग्रेसमा आएको जयसवालले बताए ।

error: Content is protected !!