संद विघटनको विरोधमा रौतहटको गौरमा माधव–प्रचण्ड समूहको प्रदर्शनस
संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले मंगलबार रौतहट को गौरमा प्रदर्शन गरेको छ ।
नेकपाका केन्द्रीय नेता मातृका ्प्रसाद यादवको नेतृत्वमा रौतहट सदरमुकाम गौरको राइस मिलमा भेला भएका नेता कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध चर्का नारावाजी गरेका छन ।
प्रदर्शनपछि विपी चोकमा विरोध सभाको आयोजना गरिएको थियो । सभालाई सम्बोधनमा नेता यादवले प्रधानमन्त्री ओली प्रतिगमनकारीको मुखिया एवं सरदार रहेको बताउनु भयो । ओली कुनै पनि हालतमा कम्युनिष्ट नभएको र कम्युनिष्टको खोल ओढेर कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने खेलमा लागेको नेता यादवले आरोप लगाउनु भयो ।
ओलीको नेतृत्वमा देश सुम्पिनु नै सबैभन्दा ठूलो भूल भएको बताउदै उहाले अहिलेको सरकार संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने षड्यन्त्रमा लागेकाले संसद पुनर्स्थापनाको विकल्प नभएको बताउनु भयो ।
विरोध प्रदर्शनमा पूर्वसांसदहरु रामकुमार भटराई, सरला यादव, सत्यनारायण भगत, अशोक जयसवाल, युवा नेता युवराज भटराई, शम्भु साह, जिल्ला अध्यक्ष कमल राय यादव लगायत सहभागी रहेको थियो ।