बिद्युत चोरि गर्ने एक न एक दिन पक्राउ पर्छन : मौलापुर प्रमुख शक्ति साह
नेपाल बिद्युत प्राधिकरण मौलापुर बितरण केन्द्रका प्रमुख शक्ति साहले रौतहटमा रहेर काम गर्न केहि मुद्दाहरुमा बाहेक अन्यमा सहज रहेको बताएका छन । बुधवार दिउँसो बौद्धिमाई खबर सँग कुरा गर्दै प्रमुख शक्ति शाहले सो कुरा बताएका हुन । बौद्धिमाई खबरका लागी प्रकाश श्रेष्ठले मौलापुर बितरण केन्द्र प्रमुख शाह सँग गर्नुभएको अन्तरवार्ताका यस्तो थियो ।
१. तपाई मौलापुर आउनुभएको एक बर्ष लगभग भयो, कत्तिको सहज महसुश गर्नुभएको छ ?
यहाँ काम गर्न त सजिलै छ तर पनी केहि ठाउँहरुमा गाह्रो पनी छ ।
२. तपाई यहाँ आउनुभन्दा अघि र आएपछिको अवस्थाको फरक के छ ? सरल भाषामा भन्दा के गर्नुभयो तपाईंले ?
म आउँदाको समय यहाँको लाईन गौरबाट सञ्चालीत थियो, म आएपछि यहाँको सबस्टेशनलाई चार्ज गर्न लगाएँ । जसबाट बिद्युतको नियमित आपुर्तिमा सहज भयो । पहिला चपुरबाट गौर र गौरबाट मौलापुर जोडिएको लामो बाटो भएर लाईन ल्याईएको थियो । जस्ले गर्दा बिच बिचमा धेरै फल्टहरु देखा पर्थै, जसबाट पटक पटक बिद्युत अवरुद्ध हुने गर्दथ्यो ।
३. अहिलेको अवस्था कस्तो छ ?
अहिले लाईनहरु पुराना छन, यो क्रमिक रुपमा सुधार हुँदै छ । पहिला केरै ठाउँमा समान फुटेका थिए । जस्ले गर्दा सानो पानी पर्दा पनी लाईन जाने समस्या थियो । तारहरु पनी धेरै ठाउँमा लुज भएर झुण्डिएका थिए । ट्रकहरुमा अड्किने समस्या थियो । मैले सबै मिलाउन, कस्न लगाएँ । अहिले समस्या छैन, क्रमिक रुपमा सुधार हुँदै छ ।
४. एक बर्ष अघि र अहिले बिद्युत चुहावटको अवस्था कस्तो छ ?
सुरु सुरुमा म आउने बेला यत्ति प्रतिशत भन्ने एकिन नभएपनी पहिलो महिनाहरुमा ४० प्रतिशत सम्म बिद्युत चुहावट थियो भने अहिले लगभग बिस प्रतिशतमा झार्न सफल भएका छौँ ।
५. अहिले तपाईंलाई यो ठाउँमा रहेर काम गर्दा कस्तो मसशुस भईरहेको छ ?
सुरु सुरुमा आउँदा त अलि अपरिचित भएर पनी होला केहि असहज थियो नै । कामहरुमा ढिला सुस्ति हुन्थ्यो भने अहिले तिब्र गतिमा काम भइरहेका छन । लगभग ३० वटा जति ट्रान्समिटर जडान गरिएको छ । जसले गर्दा भोल्टेज कम हुने समस्या समाधान भएको छ । सकेसम्म सबै ठाउँमा बिद्युत पु¥याउने प्रयास भईरहेको छ । यो आर्थीक बर्षमा मात्रै हामिले ५०० वडा नयाँ पोल गाडिसकेका छौँ । सिचाईंका लागी पनी सहज बनाउने कामहरु भईरहेका छन ।
६. नेपाल बिद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको कार्यकाल सक्किएपछि जनमानसमा अव फेरि लोडसेडिङ हुन्छ भन्ने एकखालको त्रास छ, यसलाई के भन्नु हुन्छ ?
कुलमान सर आउने बेला लोडसेडिङ चरम अवस्थामा थियो । पछि उहाँले त्यसलाई क्रमिक रुपमा सुधार गर्नुभयो । तर अब फेरि लोडसेडिङ हुन्छ भन्ने अवस्था हुन्छ भन्ने सम्भावना म देख्दिन । किनभने हामि सँग कत्ति उत्पादन छ र कति खपत छ भन्ने कुरामा भर पर्छ । अहिलेको अवस्थामा अर्थात जाडो मौसममा १२÷१३ सय मेगावाट माग हुन्छ भने गर्मिमा १६÷१७ सय मेगावाट हुन्छ । हाम्रो उत्पादन र भारतबाट आयात गरेको बिद्युतले त्यो मागलाई पुरा गरेकै देखिन्छ । त्यसैले एकैचोटि लोडसेडिङ भईहाल्छ जस्तो मलाई लाग्दैन ।
७. तपाई आउनुभएपछि बिद्युत चोरि गर्ने कति पक्राउ परे र कति राजस्व संकलन भयो ?
अहिले हामिले कारोना माहामारिका कारण मान्छे पक्राउ गर्ने काम स्थगित गरेका छौँ । लगभग १०० वटा जति मोटर जफत गरेका छौँ, त्यसमध्ये केहि सम्बन्धित ब्यक्तिले लिएर जानुभएको छ । लगभग चार पाँच लाख जति राजस्व संकलन गरेका छौँ ।
८. अहिले बिद्युत चुहावटको अवस्था कस्तो छ ?
बिद्युत चुहावट र चोरि पहिलेको भन्दा कम छ तर पुरै सक्कियो भन्न सकिँदैन ।
९. हामिले देख्छौँ, दिनभरि सडकको पोलहरुमा बत्ति बलीरहेका हुन्छन, यसलाई चाहिँ कसरि लिनुभएको छ ?
यो चै अहिलेको अवस्थामा राज्य सरकारलाई नै चुनौती दिने कामहरु भईरहेको छ । मैले पटक पटक स्थानिय निकायहरुमा पनी भनेको छु स्विच लगाईदिनुस भनेर । तर त्यसो हुन सकिरहेको छैन । कि त लाईन नै काट्नुप¥यो ।
१०. बिभिन्न सरकारि निकायले हुकिङ गरि दिनभरि बत्ति बाल्दा पनी वास्ता नगर्ने तर गरिव ब्यक्तिहरुले हुकिङ गरि बत्ति बाल्दा किन पक्राउ गरेको ?
यो कुरा के छ भने पहिलो कुरा त हामि सँग जनशक्ति कम छ, एकैचोटि स्थानिय सरकारलाई चुनौती दिन पनी सक्दैनौँ । हामिले पटक पटक सुरक्षा निकाय, सिडियो सापलाई पनी कुरा राखेकै छौँ । हामिले सक्ने जति प्रयास भईरहेको छ ।
११. गरिवलाई चाहिँ तपाईहरु किन समाउनुहुन्छ ?
हाम्रो नियम कानुनले गरिव धनि भनेर छोड्न मिल्दैन, सबैलाई बराबर कानुन लाग्छ ।
१२. अन्त्यमा उपभोक्ताहरुका लागी के भन्नुहुन्छ ?
मौलापुर अन्तरर्गत ५ वटा नगरपालीका पर्छ । मौलापुर, बिजयपुर, कटहरिया, देवाहि गोनाहि र बौद्धिमाई । त्यसैले तपाईले यो ५ वटा नगरपालीकामा बिद्युत चोरि नगर्नुस्, यो राज्य सरकारको हो । त्यस्ता कार्यले राजस्वमा ह्रास आउँछ । बिद्युत चोरि र चुहावट नियम बिपरित हो । आज नभए भोली, भोली नभए पर्सि तपाईं पक्के दण्डित हुनुहुनेछ । त्यसैले बेलैमा सचेत भईदिनुस् ।