फोहोरबाट रौतहटका सरकारी विद्यालयहरुको शौचालय प्रयोग विहिन, शौच गर्न खेतमा जानुपर्ने बाध्याता

शिक्षामा देशमै सबभन्दा पछाडि रहेको रौतहट जिल्लाको अधिकांश सरकारी विद्यालयहरुको शौचालय प्रयोग विहिन बनेको छ । सरसफाइको अभावमा जिल्लाको अधिकांश सरकारी विद्यालयहरुको शौचालय फोहोरबाट प्रयोग विहिन नै भइसकेको छ ।

जिल्लाको माधवनारायण, देवाही गोनाही, गढिमाई, मौलापुर, गरुडा, वृन्दावन, कटहरिया, फतुवा विजयपुर नगरपालिका लगाएत जिल्लाका १८ वटै स्थानीय तहहरुमा रहेको सरकारी विद्यालयको शौचालयको अवस्था दयनीय रहेको पाइएको छ ।

जिल्लाका अधिकांश सरकारी विद्यालयहरुको शौचालय फोहोरबाट बन्द भइसकेको छ तर सम्बन्धित निकायले फोहोर सरसफाइ गर्न कुनै चासो लिएको छैन । फोहोरका कारण यहाँका विद्यालयहरुको शौचालय बन्द भएको वर्षोदिन सम्म हुँदा पनि सरसफाइ गर्ने तर्फ कसैले पनि ध्यान दिन सकेको छैन । शौचालय प्रयोग विहिन भइ बन्द हुँदा यहाँका छात्र छात्रा र शिक्षक शिक्षिकाहरु विद्यालयको कुना कप्चा तथा खुल्ला आकाशमा शौच गर्न बाध्य रहेका छन ।

शौचालय बन्द हुँदा विद्यालयका बालबालिकाहरु खेतमा गएर दिशा पिसाव गर्न बाध्य छन । जिल्लाको फतुवा विजयपुर नगरपालिका ६ माध्यमिक विद्यालय टेंग्राहामा छात्र र छात्राको लागि अलग अलग शौचालय रहेको छ तर सरसफाइको अभावमा त्यहाँ रहेका सबै शौचालयहरु वर्षोदेखी बन्द हुँदा बालबालिकाहरु खुल्ला ठाउँमा नै गएर जेनतेन शौच गर्दै आएका छन । त्यस्तै माधवनारायण नगरपालिका ६ प्राथमिक विद्यालय माधोपुरको शौचालय समेत बन्द भएको १० वर्षभन्दा बढी दिन भइसकेको छ ।

सो विद्यालयमा ५ कक्षासम्म पढाई हुने गरेको छ तर विद्यालयका शौचालय सरसफाइको अभावमा लामो समयदेखी बन्द हुँदा छात्र छात्राहरु विद्यालयको पछाडी गएर खुल्ला ठाउँमा नै शौच गर्दै आएका छन । यो दुइटै विद्यालय उदाहरण मात्रै छन यस्ता समस्या अधिकांश विद्यालयको रहेको पाइएको छ । यहाँका विद्यालयहरुको शौचालयको हालत यस्तो छ कि गेटबाटभित्र पस्ने बित्तिकै कडा खालको दुर्गन्धले नाकै बन्द होलाजस्तो हुन्छ ।

चर्पीको वरिपरि रहेको फोहोर त झन् घिनलाग्दो रहेको छ । फोहोरबाट यहाँका शौचालयहरु हेर्ने नसकिने अवस्थामा रहेको छ भने परबाटै दुर्गन्धले गन्हाउ छन । सरसफाइ भएको धेरै दिन भएका कारण यहाँका शौचालयहरु फोहोरबाट दुर्गन्धित भएर प्रयोग विहिन भएको छ । शिक्षाको स्तर उकास्न सरकारले विद्यायहरुलाई वर्षेणी लाखौ रुपैया दिने गरेको भएपनि विद्यालय व्यवस्थापन समितिले पनि शौचालयको फोहार सफा गर्न सकिरहेका छैनन ।

विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले समेत विद्यालय सुधारको लागि विद्यालयमा आउने रकम हिनामिना गर्न मात्र उद्धत रहेका छन तर सरसफाइको अभावमा बन्द रहेको विद्यालयको एउटा शौचालय समेत सफा गर्न सकेका छैन ।

त्यस्तै सडक निर्माण, पुर्वाधार कार्य, शिक्षा लगाएतको नाममा वार्षिक करोडौ बजेट सिध्याउने जनप्रतिनिधिहरु विद्यालयको शौचालय सरसफाइ गर्नेतिर कुनै ध्यान नदिएको पाइएको छ । यहाँका जनप्रतिनिहिरुले विकास निर्माणको नाममा वर्षेणी करोडौ रुपैया खर्च गर्दै आएका छन तर बालबालिकाको भविश्यसँग प्रत्यक्ष जोडिएको विद्यालयको बन्द शौचालय सुचारु गराउन र सरसफाइ गराउन जनप्रतिनिहिरुले कुनै चासो लिएका छेनन ।

सरसफाइको अभावमा सरकारी विद्यालयको शौचालय बन्द भएको लामो समय वितिसक्दा पनि विद्यालय र निर्वाचित जनप्रतिनिधिहरुले सरसफाइ तथा मर्मत सम्भार गर्ने तर्फ कुनै ध्यान दिन सकेका छैनन । एक त रौतहट जिल्ला शिक्षामा देशमै सबभन्दा पुच्छारमा रहेको र त्यसमा पनि शौचालयको अवस्थामा सुधार नहुँदा शिक्षाको अवस्था झन खुस्किदै गएको छ ।

जनप्रतिनिधिहरुको यस्तो रबैया र लापरवाहीका कारण रौतहट शिक्षामा अगाढि बढनुको सटा झन पछाडि पर्दै गएकोज देखिएको छ । तसर्थ यहाँका जनप्रतिनिधिहरुले सबभन्दा पहिला शिक्षामा लगानी गरी शिक्षाको स्तर उकास्नुपर्ने आवश्यक्ता रहेको छ ।

error: Content is protected !!