रौतहटमा नेपाली काग्रेसको भेला संम्पन भएको छ
रौतहटमा नेपाली काग्रेसको भेला संम्पन भएको छ। जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नं.१ बैरगनियामा प्रमुख अतिथि रौतहट क्षेत्र नम्बर ३ का पुर्व सांसद शुनिल यादब उर्फ जितेन्द्रले सो भेलालाई सम्बोधन गरेका छन।
देशको पछिला राजनेतिक अवस्थालाई हेर्दै आज भोली राजनेतीकदलहरुले बिभिन्न कार्यक्रम गर्दै आएका छन। यसै बिच गएको पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरीक बिबादका कारण प्रतिनिधिसभा विघटन गरेको भन्दै काँग्रेसले सडकमा विरोध प्रदर्शन गर्दै आएका छन ।
कांग्रेसका अगुवा कार्यकर्ताहरुको भेलामा बोल्दै माननिय सांसद प्रत्यासी जितेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस देशभर प्रदर्शन समेत गरिएको बताउनु भयो ।
प्रधानमन्त्रीले संसद विघटन गरेपछि रौतहटमा जसपा, नेपाली काग्रेंस र प्रचण्ड–माधव नेपालको समूहले दैनिकजसो अलग अलग विरोध प्रदर्शन गर्दै आएका छन् ।
हालका प्रधानमन्त्री ओलीले संबिधानमा कहिँ कतै नलेखिको तानासाहि प्रबृत्ति देखाएर संसद बिघटन गरेर तानासाहि प्रबृत्ति देखाएको उल्लेख गर्दै पुर्व सांसद जितेन्द्रले ओलीले हिट्लरको जस्तो अधिनायकवाद देखाएको र बिश्वमा जसरि तानासाहि समाप्त भए त्यस्तै हाल नेकपाको पनि हुने बताउनुभयो ।
उहाँले अब केपि शर्मा ओलीको अन्त्य निश्चित भएको भन्दै उहाँले नेपाली कांग्रेसले जहिले पनी नेपाली जनताको पक्षमा आन्दोलन गर्दै आएको र अव पनी कांग्रेस जनताको साथमा रहेको बताउनु भयो ।
उक्त भेलामा कांग्रेसका नेता तथा कार्यकर्ताहरुको बिषेश उपस्थिीती रहेको क्षेत्र नं. ३ का सचिवालय सचिव गनिलाल यादवले जानकारी दिनु भयो