तलव नपाउदा राजदेवीका नगरपालिका कर्मचारीले लगाए तालाबन्दी
रौतहटको राजदेवी नगरपालिका अन्तर्गतका विद्यालय, स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरु पछिल्लो ६ महिना देखि तलव भत्ता पाउन नसक्दा आईतवार देखि नगरपालिकामा तालाबन्दी गरेका छन ।
चालु आर्थिक बर्षको साउन महिना देखि नगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु, स्वास्थ्य कार्यालयमा कार्यालय कर्मचारीहरु, पशु सेवा लगायतका कर्मचारीहरु तलव भत्ता पाउन नसकेका छैनन । कर्मचारीहरुको तलब नपाउदा घर परिवारको छाक टार्न समेत समस्या उत्पन्न भएको उनीहरुले बताएका छन ।
सो समस्या बारे पटक पटक नगर प्रमुख तथ प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराउदा समेत कुनै सुनवाई नगरेकाले बाध्य भई आइतबारबाट धर्ना प्रदर्शनमा उत्रिएको शिक्षक संघर्ष समितिका संयोजक रविशंकर यादवले बताउनु भयो । राजदेवी नगरपालिकामा जनप्रतिनिधिहरुको आपसी द्वन्दका कारण हालसम्म नगरसभा हुन नसकेको हुँदा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट बजेट निकासा नहुँदा कर्मचारीहरु तलव भत्ता पाउन नसकेको जनाइएको छ ।
कोभिडको त्रास झेल्दै आएका कर्मचारीहरुले बडादशै, दिपावली, छठ पर्वमा समेत तलव भत्ता पाउदा सकेका थिएनन । नियमित रुपमा गर्नुपर्ने नगर अधिवेशन मेयर धिरेन्द्र सिंह र उपमेयर अंशु सिंहको अपसी कलहका कारण नगरपालिकामा कार्यरत कर्मचारी प्रभावित हुदा समेत स्थानीय प्रशासन तथा संघिय सरकारले कुनै पहली कदम नचालेको कर्मचारीहरुको भनाइ रहेको छ । नहुँदा बाध्य भई कठोर कदम उठाउनु परेको शिक्षक रामविश्वास मुखियाले बताए