मालपोतका नासु र लेखापढी सर्लाहीमा घुससहित पक्रराउ
बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले ११ हजार घुससहित मालपोत कार्यलय हरिवनका नायब सुब्बा वेदनिधि बराल र लेखापढी व्यवसायी रामसुन्दर महतोलाई नियन्त्रणमा लिएको हो । अख्तियार टोलीले कार्यालय सुरु भएसँगै कार्यालयका दुवै कर्मचारीलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो ।
सोही क्रममा लेखापढी व्यवसाय गर्दै आएका महतोको साथबाट उक्त रकम बरामद भएको हो । उक्त बरामद रकम सेवाग्राहीसँग लिन नासु बरालले आफूलाई अह्राएको महतोले अख्तियारको टोलीसमक्ष बताएको टोलीको एक अधिकारीले जानकारी दिए । उनीहरूले हरिवन नगरपालिकाकै एक सेवाग्राहीसँग लालपूर्जामा नाम सच्याउने प्रयोजनका लागि ११ हजार रुपैयाँ लिएका थिए ।
सेवाग्राहीका अनुसार लालपुर्जामा नाम सच्याउन जाँदा पहिला १८ हजार रकम मागेकाे र त्यति रकम दिन नसक्ने बताएपछि पटक–पटकको बार्गेनिङपछि ११ हजारमा कुरा मिलेको थियो ।
मालपोत कार्यलयका हाकिम र लेखनदासले काम गरेबापत चियाखर्च भन्दै घुस रकम माग गरेपछि सेवाग्राहीले अख्तियारकोे केन्द्रीय कार्यालय टंगाल र बर्दिवासमा खबर गरेका थिए । सूचनाका आधारमा उनीहरूलाई अख्तियार टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि बर्दिवास कार्यालय पुर्याएको अख्तियारले जनाएको छ