ओलीको असवैधानीक कदम बिरुद रौतहटको मंगल बजारमा मोटरसाइकिल रैली तथा विरोध सभा सम्पन्न

प्रकाश श्रेष्ठ रौतहट , पौष २५ गते

प्रधानमन्त्री केपी शर्मा ओलीको असवैधानीक कदम बिरुद नेपाली काँग्रेसको संसदिय क्षेत्र नम्बर ३ को विधान सभा ख मा मोटरसाइकिल रैली तथा विरोध सभा भव्यताको साथ सम्पन्न भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको अलोकतान्त्रिक कदमको विरोधमा देवाही गोनाही नगरपालिका वडा नम्बर ७ मंगलबजार चौक बाट निस्केको सयौं मोटरसाइकिलको रैली नगर परिक्रमा पश्चात पुन सोही बजारमा पुगी सभा परिणत भएको थियो ।
क्षेत्र नम्बर ३ विधान सभा ख को संयोजक रामअयोध्या राय यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त विरोध सभामा संविधान सभा सदस्य एवम् पुर्व सांसद सुनिल यादव,हृदयनारायण यादव,रामभरोस राय यादव,भोला राय यालव,राजा बाबु साह, शैलेन्द्र ठाकुर लगायत अन्य वक्ताहरुले पनि प्रधामन्त्री केवी ओलीले चालेको कदमको विरोध गरेका थिए ।

error: Content is protected !!