नेपाली काग्रेसको बृहत बिरोध प्रदर्शन रौतहट क्षेत्र नं. ३ ( क ) मा संम्पन ।
प्रकाश श्रेष्ठ रौतहट , पौष २५ गते
प्रधानमन्त्री केपी शर्मा ओलीको असवैधानीक कदम बिरुद नेपाली काग्रेस रौतहटले बिरोध प्रदर्शन गरेका छन । रौतहट क्षेत्र नं. ३ ( क ) को आयोजनामा जिल्लाको फतुआ बिजयपुर नगरपालिकाको बिजयपुर बजारमा कांग्रेसका बृहत बिरोध प्रदर्शन कार्यक्रम संम्पन भएको छ।
फतुआ बिजयपुर नगरपालिकाका नगर प्रमुख गोपाल राय यादवको सभापतित्वमा रौतहट क्षेत्र नम्बर ३ प्रभावशाली नेता पुर्व संबिधान सभा सदस्य तथा सांसद प्रत्यासी शुनिल कुमार यादव उर्फ जितेन्द्र यादव ,नेपाल शिक्षक संघ रौतहटका जिल्ला अध्यक्ष राम कृपाल यादव, रबिन्द्र मिश्र, जिल्ला सदस्य षेख महबुल गुजरा नगरपालिकाकि उपमेयर प्रत्यासी महिला नेतृ रतन मला लमा,कांग्रेस जिल्ला सदस्य बालमीकी यादव, शिक्षक संघका पुर्व सचिव कपिलदेव यादव, रमेश खरेल युवा नेता ज्ञानेन्द्र यादव,सचिवालय सचिव गनिलाल यादव लगाएका हजारौ हजारको संख्यामा नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा ईलका प्रहरी कार्यलय बिजयपुर बाट शुरु भएको बिरोध र्याली बजार परिक्रमा गरि कोण सभामा परिनत भएका थियो ।
प्रधानमन्त्री ओलीको कदम असंवैधानिकको साथै अनाधिकृत भएको भन्दै त्यसको बिरुद्धमा प्रदर्शन गरिएको हो ।संसद विघटनको विरोधमा कांग्रेस पार्टीले आज क्षेत्र नम्बर ३ को ( क ) र क्षेत्र नम्बर ३ को ख मा प्रदर्शन गरेका छन । क्षेत्र नम्बर ३ क को बिरोध सभालाई सम्बोधन गर्दै कांग्रेस नेता तथा पुर्व सांसद एवम सांसद पदका प्रत्यासी शुनिल कुमार यादव उर्फ जितेन्द्रले प्रधानमन्त्री केपी ओलीले चालेको कदम असंवैधानिक, अधिनायकवादी तथा प्रतिगामी भएको बताउनु भयो ।
कम्युनिष्टहरु जनताको मतलाई लत्यायर बिचैमा संसद बिघटन गरि सर्वसत्ताबाद लादन खोजिएको नेता यादवले आरोप लगाउनु भयो ।गरिब जनताको छोरा छोरीलाई पढने बेलामा यिनै कम्युनिष्टहरुले बन्दुक थमाई राजतन्त्रको बिरुद र काग्रेसको बिरुद समेत प्रयोग गरिएको बताउनु भयो ।
केपी ओली नेतृत्बको सरकार काण्डै काण्डले भरिएको र कम्युनिष्ट सरकारको पालामा चोरी तस्करी बल्तकार हत्या हिसां लगाएतका घटना बढी भएको आरोप समेत लगाएका हुन ।
उदारणको लागि निर्मला पन्तको हत्यारालाई अहिले सम्म यो सरकारले केही गर्न नसको बताउनु भयो । निर्माला पन्तिले अहिले सम्म न्याए नपाउनुको मुख्य कारण ओली सरकारनै रहेको बताउनु भएको छ।ओली सरकारकै उच्च पदस्पतका ब्यक्तीको ठुलो हात भएकाले त्यो ब्यक्ती बल्तकार गरि हत्या गरिको भएकाले त्यो न्याए पाउन नसकेको नेता यादवको नाई छ ।
कार्यक्रममा गुजरा नगरपालिकाका नगर सभापति कुमार चौलागाईले मधेश आन्दोलनको क्राममा प्रधानमन्त्री ओलीले मधेशबादी दल संग झुठा अश्वासन दिएर आफनो सरकारमा सहभागी गराएर दोस्रो ज्ञानेन्द्र साह बन्न खोजेको आरोप लगाए ।केपी ओलीले संसद बिघटन गरेर मन्त्री मण्डल गठन गरि सरकार टिकाउने खेलमा लागेको बताए। घरमा एउटा भात्त हुदाहुदै अर्को भात पकाउन तिर खोजेको र देशलाई दुर्घाटना तर्फ धकेलिएको आरोप समेत लगाउनु भयो ।
त्यस्तै जिल्ला सदस्य बालमीकी यादवले केपी ओली नेतृत्वको सरकारले पहिला गरिब जनतालाई जग्गा दिने प्रलोभन देखाई मत लिएको र अहिले तिनै सोझासझ जनताको मतलाई लत्याई संसद बिघटन गरेको बताउनु भयो ।
संसद विघटनको विरोधमा बोल्दै नेपाल शिक्षक संघका अध्यक्ष राम कृपाल यादवले नेपालमा नेता भन्दा जनता बढी सचेत र ज्ञानी भएको बताउनु भएको ।
२०६४ सालमा संबिधान निर्माणको क्रममा तत्तकालीन नेकपा एमालेका नेता तथा सभामुख सुवाष चन्द्र नेमाडले २०४७ सालको संबिधानमा लागु गरिएको संसद बिघटन अधिकार लाई हटाईको जानकारी दिनु भयो ।संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउने कुरा कहिँ कतै नलेखेको भन्दै केपी ओलीको सिपारीसमा राष्टपति बिध्या देवी भण्डारीले गरेको भन्दै वहालाई पुर्व राष्टपति काहा गएर टिउशन लिन आग्रह गर्नु भयो ।यादवले कुनै कारण बस यदी संसद पुर्न स्थापना नभए जनताले प्रधानमन्त्री ओली र राष्टपति भण्डारीलाई पनि रोडमा ल्याएर छाडने वहाले बताउनु भयो ।२०५१ सालमा त्तत्कालीन काग्रेसका प्रधानमन्त्री गिरिजा प्रसाद कोईरलाले बिभिन्न काल खण्डमा बिभिन्न पार्टीका प्रधानमन्त्रीहरुले पनि संसद बिघटन गरि मध्याबदी चुनाबका घोषना गरेका थियो ।
बिरोध सभामा बोल्दै काग्रेस नेता रमेश खरेलले हजारौ हजार सहिदको रगत बाट बनाईएको संबिधानलाई नै ओलीले जुत्ता हानिएको बताउनु भयो ।
वहाले संसद पुर्न स्थापना भए न भने जनताहरुले ओलीलाई बालुवाटार र बिध्या देवी भण्डारीलाई शितल निबासबाट लखेटेर घर सम्म पुर्यो दिने बताउनु भयो ।