रौतहटको इशनाथमा एकै दिन मा ३ स्वास्थ्य इकाइको उद्घाटन

रौतहटको इशनाथ नगरपालिकाको वडा नम्बर २ औरौया टोलका साथै सोही नगरपालिकाको वडा नम्बर ५ र ६ गरि एकै दिन सो नगरपालिकामा ३ ओटा स्वास्थ्य एकाइको उद्घाटन सम्पन्न भएको हो ।

इशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष मेहता र नगर उपप्रमुख हुस्ने आरा खातुनले संयुक्त रुपमा सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गर्नु भएको हो । सो स्थानमा स्वास्थ्य इकाइको स्थापना भएपछि स्थानियले स्वास्थ्य सेवा सहज रुपमा प्राप्त गर्न पाउने भएका हुन ।

कार्यक्रममा वडा ३  का वडा अध्यक्ष राम कौलाश राउत, नेकपाको नगर कमिटी अध्यक्ष मोहन मेहता, अच्छेलाल राउत, वडा अध्यक्ष रामेश्वर शाह,स्वास्थ्य प्रमुख इशराजुल खान लगायत स्थानियको बाक्लो सहभागीता रहेको थियो ।
 

error: Content is protected !!