प्रहरीद्धारा अवैध ३३० लिटर घरेलु मदिरा नष्ट

ईलाका प्रहरी कार्यालय गरुडा रौतहटबाट विभिन्न समयमा खटेको गस्ती प्रहरी टोलीले वेवारिसे अवस्थामा वरामद गरी ल्याएको अवैध घरेलु मदिरा मंगलबार नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय गरुडाले सो अबैध घरेलु मदिरा २२ ओटा ग्यालनका ३३० लिटर मंगलबार ईलाका प्रशासन कार्यालय गरुडा रौतहट र गरुडा नगरपालिका कार्यालय रौतहटको प्रतिनिधीको उपस्थितीमा तथा स्थानिय मानिसहरुको रोहवरमा पोखाई नष्ट गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

पछिल्लो समय रौतहट प्रहरीले घरेलु मदिराको अबैध ब्यापारलाई निगरानी बढाएसँगै घरेलु मदिरा उत्पादन गर्ने सर्वसाधरण नागरिकहरु मारमा परेका छन । 
 

error: Content is protected !!