प्रम ओलीले संविधानमाथि नांगो नाँच नाँचे ः गगन थापा
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व स्वाथ्य मन्त्री गगनकुमार थापाले प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा०का अध्यक्ष केपी ओलीले संविधानमाथि नांगो नाँच नाँचेको आरोप लगाएका छन् ।
सर्लाहीको लालबन्दीमा बुधबार नेपाली कांग्रेस नगर समितिले आयोजना गरेको विरोध सभालाई सम्वोधन गर्दैै नेता थापाले प्रधानमन्त्री ओलीले आफ्नो पार्टी भित्रको अन्तरविरोधलाई देखाएर मुलुकलाई नै बन्धक बनाउन खोजेको आरोप लगाए ।
प्रधानमन्त्री ओलीको संविधानमाथिको नांगो नाँचले संविधान मात्र हैन, संघीय सरकार, प्रदेश सरकार अनि स्थानीय सरकार समेत खेर जाने अवस्था आईपरेको उनको दाबी थियो । ‘प्रम ओलीको कदमले देश नै अध्याँरोमा जाने अवस्था आएको छ’, कांग्रेस नेता थापाले भने, ‘कांग्रेस यस्तो गलत प्रवृत्तिका विरुद्ध जस्तोसुकै कदम उठाउन तयार छ ।’
नेता थापाले प्रम ओलीलाई सर्वोच्च अदालतलाई धम्क्याउन छाड्न समेत आग्रह गरे । ‘प्रधानमन्त्रीजी धम्क्याउन छोडियोस्, तपाईंको धम्किबाट तपाईंको पार्टीका जोकरहरु डराउलान, हाँमी कोही डराउँदैनौं’, कांग्रेस नेता थापाले भने, ‘विवेक भएको कोही मान्छे डराउँदैन ।
कांग्रेस नेता थापाले सर्बोच्च अदालतले संसद् पुनस्र्थापनाकै पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गरेका छन् । नेता थापाले संविधाननत् अदालत र न्यायाधीशहरु संसद् पुनस्र्थापनाकै पक्षमा उभिने भरोसा प्रकट गरेका हुन् । उनले न्यायालय र न्यायाधीशहरुलाई धम्काएर प्रभावमा पार्ने काम तत्काल बन्द गर्न प्रधानमन्त्री ओलीलाई चेतावनी समेत दिए ।
नेता थापाले अहिले आएर फूटको संघारमा उभिनु भनेको नेकपाको एकता नै गलत जगमा तयार भएको दाबी गरे । ‘गलत जगको भरमा बनेको कम्युनिष्ट एकताको घर अहिले भत्किएको छ’, नेता थापाले दाबी गरे, ‘यसरी हुने एकताको घर कहिल्यै टिक्दैन ।’
कांग्रेस नेता थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बालुवाटारको इसारामा नभई संविधान अनुसार अघि बढ्न सचेत गराएका छन् । राष्ट्रपति भण्डारीले कुनै अमुक पार्टी अनि सरकार भन्दापनि संविधान अनुसार चल्नु पर्ने नेता थापाको धारणा थियो ।
त्यस्तै कांग्रेस नेता थापाले भारतीय जि न्यूज टेलिभिजनले सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्छ भनेर प्रशारण गरेको सामग्रीमा आपत्ति जनाउँदै यो विषयमा सिंगो राष्ट्र गम्भीर हुनुपर्ने बताए । उनले संविधान रक्षा र अहिलेको असंवैधानिक कदम विरुद्ध गाउँ–गाउँमा गएर नागरिकलाई प्रष्ट पार्न कांग्रेस नेताहरुलाई आग्रह गरे ।
विरोध सभामा ठूलो संख्यामा अन्य पार्टी परित्याग गरी नेता कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका को नेपाली कांग्रेस लालबन्दी नगर समितिका सभापति प्रशान्त आचार्यले जानकारी दिए