इशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष मेहताद्धारा न्यानो कपडा वितरण ।
रौतहटको इशनाथ नगरपालिका ५ लक्ष्मीनीयामा विहिवार न्यानो कपडा वितरण गरिएको छ ।
इशनाथ नगर प्रमुख सन्तोष मेहताले विहिवार एक कार्यक्रमकाबीच चिसोबाट बच्न वृद्धवृद्धा र बालबालिकालाई न्यानो कपडा वितरण गरेका हुन ।
नगर प्रमुख मेहताले चिसोबाट बच्न लक्ष्मीनीयाका ४० अति गरिव घर परिवारलाई जाडोयाममा लगाउने न्यानो कम्बल वितरण गरेका हुन ।
मौसम परिवर्तन भएसँगै जिल्लामा अहिले ह्वातै चिसो बढेको छ । चिसोबाट सबभन्दा बढी वृद्धवृद्धा र बालबालिका नै प्रभावित बनेका छन भने आर्थिक स्थिती कमजोर भएका अति गरिव तथा विपन्न परिवारहरुलाई चिसो छल्न सबभन्दा बढी समस्या भएको छ ।
उनिहरुलाई चिसोमा ओढने न्यानो कपडाको अभावमा बिजोग भएको छ । गरिव, दलित परिवारलाई चिसो छल्न समस्या भएकोलो चिसोबाट बच्न आफुले ४० घर परिवारलाई प्रति परिवार एक एक थान कम्बल उपलब्ध गराएको नगर प्रमुख सन्तोष मेहताले बताउनुभएको छ ।
अरु वडाहरुमा पनि न्यानो कपडा वितरण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
कपडा वितरण कार्यक्रममा नगर उपप्रमुख हुसने आरा खातुन, वडा नं।६ का वडाअध्यक्ष रामेशवर साह, वडाअध्यक्ष शेख निसार, वडा सदसय गुलाबी लगाएतको सहभागिता रहेको थि