प्रतिनिधी सभा बिघटनको बिरुद्धमा रौतहटको सबै पलिकाहरुमा कांग्रेसले गरे बृहत बिरोध प्रर्दशन

प्रधानमन्त्री केपी शर्मा ओली द्धारा गरिएको प्रतिनिधी सभा बिघटनको बिरुद्धमा कांग्रेसले बिरोध प्रर्दशन गरेको छ। जिल्लाको मौलापुर नगरपालिकामा असंबैधानिक र अलोकतान्त्रीक कदमको बिरुद्ध नेपाली कांग्रेसले बृहत बिरोध प्रर्दश गरिएको हो ।
नेपाली कांग्रेस केन्द्रीय कार्य समितीको निर्णय अनुसार जिल्लाको हरेक नगरपालिका बिरोध प्रर्दश गरेका छन ।
मौलापुर नगरपालिकाका कांग्रेसका नगर सभापति अन्नचित साहको सभापतित्वमा क्षेत्र नम्बर ३ का क्षेत्रिय सभापति प्रकाश श्रेष्ठले स्वागत मनत्बय राखेका थिए। बिरोध सभामा बोल्दै प्रमुख अतिथि संबिधानसभा सदस्य पूर्व सांसद यूवा जुझारु नेता शुनिल यादब (जितेन्द) ले प्रधानमन्त्रि केपि शर्मा ओलिले चालेको असबैधानिक कदमकोे बिरुद्ध घोर भर्तष्णा गरेका छन ।
यो देशमा धेरैै संर्घष र त्यागपछि लोकतन्त्र आएको र सबिधान लेखन गर्ने काम भएको बताउनु भयो । कम्युसनिष्टहरुले पद पैसा र पावरको लागि जे पनि गर्न तयार रहेको र जनतालई सधै ठग्दै आएको बताउनु भयो ।कांग्रेसले आफु हारे पनि जनतालाई कहिले पनि हार्न नदिएको भन्दै कांग्रेस यस्तो पार्टी हो, जुन बिभिन्न काल खण्डमा नेपाली जनताको लागि नेतृत्व गर्दै आईरहेको र फेरी पनि यो संकट बाट बचाउन कांग्रेसले नै मुक्ती दिलाउने बताउनु भयो ।
जंगलमा बस्ने माओबादीहरुलाई आफनै पार्टीले राजनेतीकको मुल धारमा ल्याएको र जनताले शान्तिको अनुभव गराएको भन्दै कांग्रेस बिना यो देश सम्भव नरेको बताउनु भयो । साथै वहाले देशमा पार्टी बहुमत ल्याए पछि मात्र जनताले अमन चयन पाउने भन्दै, आउने चुनावमा त्यस्ताहरुलाई बहिसकार गरि कांग्रेसलाईनै जिताउन आग्रह गरे ।
अर्को एउटा प्रसंगमा बोल्दै यादवले आफुलाई बिकाश बादीको नामले चिनाउने र बिकाश बादी ठान्ने पुरुष प्रभु साहले प्रतिनिधी सभा बिघटन गर्ने ओलीको कदम लाई आत्म घाती भन्ने र त्यसको भोली पलट मन्त्री पदको लोभम परेर अधिनायकबाद केपी ओलीकै वाहवाही गरि रहेको बताउदै तिनिहरुको बिरुद्ध मुर्दाबादको नारा लगाएका थिए ।
त्यस्तै बिरोध सभामा बोल्दै क्षेत्र नं. ३ (ख) का प्रदेश सांसद प्रत्यासी रामनरायण प्रसाद यादवले यो सरकार कोरोना महामारीको नाममा औषधी खरिदमा भ्रष्टचार गरेको आरोप लगाउनु भयो ।
औषधी र राहत दिने ठाउमा देशलाई नै दुर्घटना तर्फ धकेलिएको बताउनु भयो । अहिले देशमा चुनावको आवश्यकता नरेको भन्दै केपी ओलीले संसदल बिघटन गरि चुनावको मिती घोषणा गर्नु भनेको देशलाई आर्थिक भारमा लैजानु एउटै भएको वहाले बताउनु भयो।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्धे कटहरिया नगरपालिकामा नेपाली कांग्रेसले बृहत बिरोध प्रर्दश गरिएको हो ।कटहरिया नगरपालिकाका कांग्रेस नगर सभापति सर्फलाल प्रसाद गुप्ताको सभापतित्वमा प्रमुख अथिती जिल्ला समन्वय समिती रौतहटका जिल्ला अध्यक्ष रामएकवाल राय यादव, बिशिष्ट अथिती जिल्ला कमिटी सदस्य बालमिकी यादव, बिधार्थी युवा नेता राजाबाबु साह, कटहरिया नगरपालिकाका मेयर प्रत्यासी अजय प्रकाश साह, अथिती जिल्ला कार्य समिती रौतहटका बिभिन्न तहा नेता तथा कार्यकर्ताहरुको बिषेश उपसथीती रहेको थियो । बिरोध सभामा बोल्दै नेपाल शिक्षक संघका पुर्व जिल्ला सचिव कपिलदेव यादवले यो देशमा बिभिनन काल खण्डमा यो देशलाई निकाश दिने कार्य नेपाली कांग्रेसले नै गरेको बताउनु भयो । । त्यस्तै जिल्ला सदस्य बालमिकी यादवले केपी ओलीले गरेको संसद बिघटन गएर कानुनी र अलोकतान्त्री भएको बताउनु भयो । कम्युनिष्ट सरकारको बहुमत लगभभग दुई तिहाई हुदाहुदै पनि यो देशलाई दुर्घाना तर्फ धकेलिएको आरोप लगाउनु भयो ।
बिरोध सभाको समानपमा बोल्दै नगर सभापति सर्फलाल गुपताले यो सरकारले गरिब जनतालाई जग्गा दिन्नछु भन्नेर बिभिन्न प्रलोभन देखाई भोट लिएर निर्वाचित भएको र अहिले सम्म गरिब निमुखा जनताहरुलाई केही पनि नदिएको भन्दै यस्ता बहरुपियाहरुबाट सचेत हुन जनताहरुलाई आग्रह गर्नु भएको छ । एउटा अर्को प्रसंगमा बोल्दै गुप्ताले कुकुरलाई कहिले पनि घियु पचदैन त्यस्तै यो कम्युन्टिहरुको दुई तिहाईको सरकार नपछेको प्रतिक्रिया दिनु भयो ।


त्यस्तै नेपाली कांग्रेस रौतहटको क्षेत्र न.३ प्रदेश (ख) अन्तर्गत नेपाली कांग्रेस देवाही गोनाही नगर कार्य समिती द्वारा आयोजना गरेको अधिनायकवादी कम्युनिष्ट सरकारले चालेको अलोकतान्त्रिक तथा असंवैधानिक कदमको विरुद्धमा वृहत् प्रर्दशन गरि कोण सभामा नगर सभापति रामानन्द प्रसाद यादव को अध्यक्षता र प्रमुख अतिथि मा नेपाली कांग्रेस प्रदेस नं. २ का सांसद तथा प्रदेश नं. २ का उपनेता शेख लाल बाबू उर्फ रसिद अली जि , बिशिस्ट अतिथिमा रौतहट क्षेत्र नं.३ (ख) को क्षेत्रीय सभापति राम अयोध्या प्रसाद यादव , नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य अर्जुन कुमार यादव , जिल्ला सदस्य भोला यादव , माहासमिती सदस्य राज किशोर यादव, सुरेश यादव , समाज सेबी सुरेश महतो ,बिरोध सभा को संचालक चतुर्गुण महतो लगायत ले कोण सभा लाई सम्बोधन गरेको छ।

जिल्लाको १८ वटा स्थानिय तहहरुमा आजै गरिएकोे बिरोध सभामा सहभागिहरुले केपी ओली नेतृत्वको सरकार काण्डै काण्ड र भ्रष्टचारै भ्रष्टचारमा सिमित भएको आरोप लागएका हुन । त्यस्तै जिल्लाको गुजरा नगरपालिकामा कुमार प्रसाद चौलागाईको सभापतित्वमा संम्पन भएको छ।
सो कार्यक्रममा उपमेयर प्रत्यासी रत्न लमा, वडा अध्यक्ष पवन गिरी, जिल्ला सदस्य महबुल हब, सुमिन्त्रा सापकोट,रामएकवाल राय यादव लगाएत कार्यकर्ताहरुकोे बिषेश उपस्थिीती रहेको थियो ।
त्यस्तै फतुवा बिजयपुरमा , गरुडामा मेयर प्रत्यासी सुनिल यादवको सभापतित्वमा प्रमुख अथिती बिधायकको प्रत्यासी रामनरायण प्रसाद यादव बिशिष्ट अथिती गरुडाकी उपमेयर रंगिला देवी जयसवाल, क्षेत्रीय सभापति राम भरोष यादव,सुन्दर प्रसाद पटेल,राम कृष्ण चौधरी,बिशुनी दयाल लगाएत करिब पाच हजारको संख्यामा नेता तथा कार्यकर्ताहरुको उपस्थिीती रहेको सचिवालय सचिव गनिलाल यादवले जानकारी दिनु भयो ।

error: Content is protected !!