रौतहटमा एक महिने घरेलु शिकाई तालिम संम्पन

रौतहटमा एक महिने घरेलु शिकाई तालिम संम्पन भएको छ । जिल्लाको सबै भन्दा पुरानो गौर नगरपालिकामा डल र कुशन संम्बधी एक महिने तालिमालाई हिजो एक कार्यक्रमका बिच समापन गरिएको हो ।

घरेलु तथा साना उधोग संस्थाको आयोजनमा शिप नभएका महिलाहरुलाई डौल बनाउने सम्बन्धी तालिम दिएका थिए । उक्त तालिममा ३५ जना महिलाहरुले सहभागी भएका थिए।
तालिमा घरेलु संस्थाका प्रमुख जयकान्त यादवले यो शिप बाट महिलाहरु रोजगारी प्राप्त गर्न सकिने र आर्थिक स्थीति मजबुत बनाउन सकिन्छ भने आफु आशाबादी भएको बताउनु भयो ।

वहाले यो तालिम बाट अब महिलाहरु आत्म निर्भर हुने बिश्वाश ब्यक्त गर्नु भएको छ साथै वाहाले आउने दिनमा यस्तै घरेलुसिकाई सम्बन्धि तालिमहरु दिने पनि बताउनु भयो ।
यो तालिममा डल र कुशनहरु कसरी बनाउने भन्ने यस बारे शुरु देखि प्रशिक्षण तथा शिकाई कार्य गराउने कार्य दुर्गा थापाले गर्नु भएको थियो । वहाले दिनु भएको प्रशिक्षण बाट महिलाहरुले शिप सिकी सकेको भन्दै महिलाहरुले बताउनु भएको थियो ।

त्यस्तै तालिम पश्चात ति महिलाहरुलाई प्रमानपत्र बितरण गरिदै बिदाई गरेका हुन । प्रमानपत्र बितरण तथा बिदाई कार्यक्रमका प्रमुख अथिती गौर नगरपालिकाकी उप मेयर किरण ठाकुर, बिशिष्ट अथिती कटहरिया म्युजिकल एफ एमका संचालक तथा प्रबन्ध निर्देशक प्रकाश श्रेष्टले प्रमान पत्र बितरण हस्तान्त्रण गर्नु भएको थियो ।

प्रमान पत्र बितरण पश्चात बोल्दै उप मेयर ठाकुरले यो तालिमको शिकाई बाट आत्म निर्भर भएर काम गर्न सकिने बिश्वास ब्यक्त गरेका छन । त्यस्तै बिशिष्ट अथिती प्रकाश श्रेष्टले यो शिप सिकेपछि त्यसलाई प्रयोगमा ल्याई आम्दानीको श्रोत बढाउनु पर्ने सुझाव दिनु भयो । शिप शिकेर छोडनु हुदैन त्यसलाई ब्यपारको रुपमा गर्नु पर्ने बताउनु भयो ।

error: Content is protected !!