रौतहटका सबै वडाहरुमा भएको बिरोधको कार्यक्रममा भयो प्रधानमन्त्री ओली र नेकपाको चर्को बिरोध
संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज वडास्तरमा प्रदर्शन गरेको छ । देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा आज कांग्रेसले विरोध प्रदर्शन गरेको हो । प्रत्येक वडामा कांग्रेसको वडा ईकाई समितीका सभापतीहरुको अध्यक्षतामा बिरोध कार्यक्रम भएको हो ।
यसैबिच रौतहटको कटहरिया नगरपालीकाको नौ वटै वडामा पनी भब्य रुपमा बिरोधको कार्यक्रम सम्पन्न भएको कटहरिया नगरसभापती सर्फलाल प्रसाद गुप्ताले बताउनुभएको छ । वडा नम्बर १ अन्तर्गत भसेड्वाको रगेदी चोकमा वडासभापती दिपलाल यादवको अध्यक्षतामा बिरोधको कार्यक्रम भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी संबिधानसभा सदस्य सुनिल कुमार यादव रहनुभएको थियो भने जिल्ला सदस्य वाल्मिकी प्रसाद यादव, राम मंगल राय यादव, जिल्ला समन्वय समितीको अध्यक्ष राम एकवाल राय यादव, प्रत्यासि बिधायक राम नारायण राय यादव, क्षेत्रीय सभापती राम भरोस यादव, प्रत्यासि मेयर जवाहरलाल यादव, रामबिर ठाकुर, कपिलदेव यादव लगाएत हजारौँको संख्यामा उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व सांसद सुनिल कुमार यादव जितेन्द्रले कहिँ नभएको धारा प्रयोग गरेर असंबैधानिक तथा हैकमवादी, अलोकतान्त्रीक ढंगले संसद बिघटन गरेर लोकतन्त्रको उपहास गरेको र अबौँको भ्रस्टाचारमा नेकपाको सरकार लिप्त रहेको बताउनु भएको थियो ।
त्यसैगरि वडा नम्बर २ को छेदिचोकमा राम बहादुर राय, वडा नम्बर ३ को बिर्ति टोलमा वडा अध्यक्ष उमेस राय यादव, वडा नम्बर ४ र ५ को संयुक्त रुपमा ५ नम्बरको कटहरिया बजारमा नगरसभापती एवं वडा नम्बर ५ का वडाध्यक्ष सर्फलाल प्रसाद गुप्ताको अध्यक्षतामा मेराई मिया धोबि, रामईश्वर प्रसाद यादव, जयकिशोर कुशवाह, उपेन्द्र कुशवाह, प्रेमचन्द्र दास, भजित मियाँ, हसिया मिया लगाएतको उपस्थितीमा बिरोधको कार्यक्रम भएको हो । त्यस्तै वडा नम्बर ६ को फत्तेपुरमा बिक्रम राय यादवको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष शम्भुकान्त यादवको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा प्रसाद सहनी, अचित सहनी, शेष सफरुदिन, पलट पासवान, सुरेन्द्र राम, किसोर सहनी, शेष गफर, सहदेव पासवान लगाएको उपस्थिती रहेको थियो । वडा नम्बर ७ को बगहि टोलमा सत्यनारायण चौधरि, वडा नम्बर ८ को पोखरिया टोलमा हृदय नारायण यादव र वडा नम्बर ९ को डुमरिया टोलमा प्रमोद राय यादवको सभाध्यक्षतामा बिरोधको कार्यक्रम भएको हो । संबिधानसभा सदस्य एवं नेपाली कांग्रेस रौतहटका जुझारु युवा नेता तथा प्रखर बक्ता सुनिल कुमार यादव जितेन्द्र वडा नम्बर १ को भसेड्वा तथा अन्य वडाका बिरोध कार्यक्रमहरुमा सहभागी हुनु भएको क्षेत्रीय सचिवालय सचिव गनिलाल प्रसाद यादवले जानकारि दिनुभएको छ ।
कार्यक्रमका बक्ताहरुले नेकपा सरकारका प्रधानमन्त्री केपि शर्मा ओलीले देशमा तानाशाही प्रबृत्ति देखाएको, असंबैधिक रुपमा संसद बिघटन गरेको, लोकतान्त्रीक पद्धतीलाई कुल्चेर एकलौटी सासन गर्न खोजेको भन्दै प्रधानमन्त्रीको चर्को बिरोध गरेका थिए । त्यसैगरि मौलापुर नगरपालीका १ मा राजेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको बिरोधको कार्यक्रममा रामबिश्वास महतो, रामपृथ ठाकुर, बिजय प्रसाद यादव, अरबिन्द राय यादव, सुधिर कुमार झा, बिरेन्द्र पटेल, भोला राय, गुडु नारायण झा लगाएत करिव ५०० जनाको उपस्तिथीमा कार्यक्रम सम्पन्न भएको छ ।
त्यस्तै फतुवा बिजयपुर वडा नम्बर ८ मा नगरसभापती बाबुराम अधिकारिको अध्यक्षतामा भएको बिरोधको कार्यक्रममा महासमिती सदस्य अनर्वादेवि पटेल, पत्यासि वडाध्यक्ष बास्कि चौधरि, नितेस चौधरि, ब्यापारि बजरंगी साह, समाजसेवी शिवशंकर यादव, सिताराम माझी, सर्जुग दास लगाएत करिव ३ सय जनाको उपस्थिीतीमा बिरोधको कार्यक्रम सम्पन्न भएको शिक्षक संघका उपाध्यक्ष राधेश्याम यादवले जानकारि दिनुभयो ।
त्यसैगरि देवाहि गोनाहि नगरपालीकाको पनी ९ वटै वडामा बिरोधको कार्यक्रम भब्य रुपमा सम्पन्न भएको जानकारि प्राप्त भएको छ । नगरपालीकाको वडा नम्बर २ देखि ९ सम्म क्रमश ः नेक महम्मद, सिकिन्दर प्रसाद यादव, शेख समसाद, मोजेलाल यादव, ल्याकत मंसुरि, ओपिन्दर राय, बिनोद जयसवाल र राजकिसोर प्रसाद यादवको सभाध्यक्षतामा बिरोधको कार्यक्रम भएको छ । वडा नम्बर १ मा भने २ देखि ९ नम्बर वडाको कार्यक्रम सम्पन्न भएपश्चात नेक मोहम्मदको अध्यक्षता तथा बिधायक लालबाबु शेख, शेख रसिद अलिको प्रमुद आतिथ्यतामा कार्यक्रम गरिएको थियो ।
रौतहट सहित देशभरमै भएको कार्र्यक्रममा प्रधानमन्त्री ओलीको असंबैधानीक तथा प्रतिगमनकारि कदम सँगै नेकपाले देशमा गरेको लुटतन्त्रको चर्को बिरोध गरिएको छ । नेपाली कांग्रेसले संसद विघटनलाई संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावना विपरीतको कार्य भनेको छ ।
संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले गएको पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा यहि माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।