अवैध काठको गोलियासहित प्रहरीले एक जनालाई पक्राउ
राजश्व छलेर भारत तर्फ लागिरहेको अवैध काठको गोलियासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले सालको काठको ६ गोलियासहित बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नम्बर १२ निवासी ३७ वर्षीय चन्द्रिका महतोलाई पक्राउ गरेको छ ।
खुल्ला सिमाको फाइदा उठाई महतोले ना। ७ त। ४६३६ नम्बरको ट्रयाक्टरमा लुकाई चार थान ठूलो सालको काठको गोलिया र दुई थान सानो सालको काठको गोलिया नेपालबाट भारत लागिरहेका थिए ।
प्रहरीले महतो सवार ट्रयाक्टरलाई रोकेर चेकजाँच गर्दा काठ बरामद गरिएको थियो । काठ सम्बन्धि आवश्यक कागजात महतोले उपलब्ध गराउन नसकेपछि उनलाई पक्राउ गरिएको थियो
जफत गरिएको काठ, ट्रयाक्टर र पक्राउ परेका महतोलाई थप कारवाहीका लागि डिभीजन बन कार्यालय बीरगन्ज पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ