रौतहटमा प्रहरी प्रमुखद्धारा छलफल कार्यक्रम सम्पन्न

रौतहट प्रहरीले जिल्ला शान्ति सुरक्षा तथा अमन चयन कायम गर्न सोमबार छफफल कार्यक्रम सञ्चालन गरेको छ ।

रौतहटका प्रहरी प्रमुख शिद्धिविक्रम शाहले जिल्लामा भइरहेको अपराध , चोरी तस्करी नियन्त्रण गर्न प्रहरीको भुमिका तथा कर्तब्यलाई आत्मासात गर्दै त्यसतर्फ कडाईका साथ प्रस्तुत हुन प्रहरीहरुलाई निर्देशन समेत दिनु भयो ।

16 Push 077 final

जिल्ला प्रहरी कार्यालय रौतहट मातहतका बोर्डर युनिट तथा अन्य युनिटका प्रमुखहरुलाई आ—आफ्नो क्षेत्रमा शान्ति सुरक्षा , अमन चयन कायम गर्ने , सिमा अपराध , चोरी तस्करी नियन्त्रण र हालको राजनितिक परिस्थिती बारे छलफल तथा व्रिफिङ गर्नु भई आवश्यक निर्देशन समेत प्रहरी प्रमुख शिद्धिविक्रम शाहल दिनु भएको जनाइएको छ ।