नितेशको जीवनमा आधारीत वृतचित्रको बिमोचन
रौतहटमा लामो समयदेखि अपाङ भएतापनि सामाजिक सेवामा समर्पित युवा अभियनता तथा नेपाली काग्रेसका नेता नितेश कुमार गुप्ताको जीवनीमा आधारीत वृतचित्रको मंगलबार एक कार्यक्रमका बिच बिमोचन गरिएको छ ।
\रौतहटको चन्द्रपुर नगरपालिकास्थित होटल ए एन प्लाजामा नेपाली कांग्रेसका केन्द्रिय नेता तथा पुर्व सिचाई मन्त्री एन पी साउदको प्रमुख आतिथ्यतामा सो वृतचित्र बिमोचन गरिएको हो । प्रमुख आथिति साउदले फरक क्षमता भएको ब्यक्तीलाई सरकारले बिशेष ग्राहयता दिनु पर्ने बताउनु भयो नेकपा प्रचण्ड र माधव समुह तथा ओली समुह दुवै सक्कली कम्युनिस्ट नभएको उहाले टिप्पणी समेत गर्नु भयो । कार्यक्रमका बिशिस्ट अथिति नेपाली कांग्रेस रौतहटका सभापती कृष्ण यादवले नेपाली कांग्रेस सत्ताको लोभी नभएको स्पष्ट पार्नु भयो ।
नेपाली कांग्रेस नेपाली जनताको र देशको लागी सधै लागेको यादवले दाबी गर्नु भयो । सभापती यादवले संसद विघटनलाई अदालतले सदर गरे निर्वाचनमा जाने बताउनु भयो । संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको र सो विषयमा अदालतमा मुद्दा परेकोले अदालतमा विचाराधीन रहेको मुद्दामा अदालतले के निर्णय गर्छ, कांग्रेस कुर्ने , यदि सदर गरे कांग्रेस निर्वाचनमा जाने उहाले बताउनु भयो ।
सो कार्यक्रममा भनाई राख्नु हुने बक्ताहरुले युवा नेता गुप्ताको जीवनमा आधारित वृत चित्र सबैको लागी प्रेरणा रहेको बताउनु भएको थियो । कार्यक्रममा विभिन्न दलका नेता , कार्यकता,समाजसेवी तथा सञ्चारकर्मीहरुले सहभागीता जनाएका थिए ।