विद्यार्थीको आवेदन फाराम शुल्क नगरपालिकाले भुक्तानी गरिदिने

रौतहटको देवाही गोनाहीमा कक्षा ९ र १० का विद्यार्थीहरुको आवेदन फाराम शुल्क नगरपालिकाले भुक्तानी गरिदिने भएको छ । देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेलले

नगरपालिका क्षेत्रमा रहेको माध्यामिक बिधालयहरूमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरुलाई लाग्ने रजिष्ट्रेशन फारम वापतको शुल्क र कक्षा १० का विद्यार्थीहरुलाई लाग्ने एस।ई।ई परीक्षा आवेदन फारम वापतको शुल्क नगरपालिकाबाट नै परिक्षा नियन्त्रण कार्यालयलाई तिरिदिने व्यवस्था गरि दिनु हुने भएको छ ।

सो नगरपालिकाका विद्यालयहरुले विद्यार्थीसँग राजस्व वापतको शुल्क लिने विद्यार्थीहरुबाट आफुले थाहा पाएपछि सो शुल्क नगर प्रमुख धर्मेन्द्र पटेलले नगरपालिकाले सम्पुर्ण विद्यार्थीहरुको सो वापतको शुल्क भुक्तानी गर्ने बताउनु भयो । नगर प्रमुख पटेलले देवाही गोनाही नगरपालिकामा रहेका माध्यामिक तहमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीहरुलाई मोबाइल नं।

९८५५०४२०१४ मा सम्पर्क गरि जानकारी गराउनको अनुरोध समेत गर्नु भएको छ । नगर प्रमुखले गरेको यो घोषणाले गरिबको रेखामुनि रहेका विद्यार्थीहरु, न्यून आय श्रोत भएका विद्यार्थी, दलित विद्यार्थी एवं अन्य सम्पूर्ण विद्यार्थीहरूको पिडा मर्कामा सराहनीय कार्य गर्नु भएको स्थानियले प्र्रतिक्रिया दिएका छन ।

error: Content is protected !!