हिमालयन पब्लिक स्कुलद्धारा सुकदेव चोकको सरसफाइ

रौतहटको यमुनामाइ गाउपालिकामा शहिद दिवसको अवसर पारेर सडक सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

यमुनामाई गाउपालिकाको वडा नम्बर १ स्थित हिमालयन पब्लिक स्कुल सुकदेव चौकको आयोजनमा शुक्रबार सो चोकमा सरसफाइ गरिएको प्रिन्सिपल हरेन्द्र यादवले जानकारी दिनु भयो ।

सुकदेव चोकमा सडक फोहोर दुर्गन्धित रहेकाले उक्त स्थानमा शहिद दिवसको अवसरमा सरसफाइ गरेको यदवको भनाइ रहेको छ । हाम्रो वरपरको वातारण स्वच्छ र सफा राख्न सके सौन्दर्यता बढ्नुका साथै रोगहरु समेत फैलने डर नहुने सहभागीहरुले बताएका छन ।

सरसफाइ कार्यक्रममा सुकदेव चोकका प्रहरी सहायक निरिक्षक , जनप्रतिनिधि ,समाजसेवी , ब्यापारी , डाक्टर लगायत पत्रकारहरुको समेत सहभागीता जनाएका थिए ।

error: Content is protected !!