रौतहटका युवा बिजय साह सम्मानित

कोरोना महामारी को समयमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण र विभिन्न सामाजिक कार्यमा सकृय सहभागी रहेका रौतहटका एक युवा लाई फोकस नेपाल नामक संस्थाले सम्मान गरेको छ ।
सामाजिक अभियान्ता तथा शिक्षासेवी रौतहटको गुजरा नगरपािलका ९ घर भएका बिजय साह बनिया लाई फोकस नेपालले ‘कोभिड डिफेन्स अवार्ड २०२०’ले सम्मान गरेको छ ।
उनी एक दशक अघिदेखी सामाजीक कार्यहरुमा सकृयरहदै आएका छन ।
शुक्रवार एक कार्यक्रम का बिच काठमाण्डौमा साह लाई पुर्व उपराष्ट्रपती परमानन्द झा ले सम्मान गरेका छन ।
कोभिड १९ को महामारी नियन्त्रण र रोकथाम मा सकृयरुपमा कार्य गरेका सामाजीक अभियान्ताहरु लाई हौसल्लाह र प्रोत्साहन स्वरुप सम्मान गरिएको फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेल ले जनाएका छन ।
जिल्लामा अक्सफाम नेपालको सहयोग तथा आरडिसी नेपालको आयोजना संचालित कोभिड १९ रोकथाम मा आइसोलेसन, क्वाइराइनटाइन व्यवस्थापनमा सकृय भइ कार्य गरेको , सन २०१५ देखि जिल्ला बिपद व्यवस्थापन समिती, सुरक्षा निकाय,स्थानिय तह संग समन्वय गरी बिपद व्यवस्थापन को पुर्व तयारी,राहत बितरण,खुल्ला दिशा मुक्त क्षेत्र घोषणा अभियान मा कार्यक्रम

संयोजक भइ सहयोग तथा सहकार्य गरेकाले उनलाइ सम्मान गरिएको छ ।
यस्तै समान बिकास नेपालमा कार्यरत रहदा सन २०१० मा प्लान नेपालको समन्वयमा स्वास्थ्य चौकी भवन निर्माण ,बिधालय भर्ना अभियानमा सकृय, अभिभावक शिक्षा संचालन, छात्रबृति संचालन लगाएतका सामाजीक गतिबिधीमा साह अध्यक्ष रहि सकृय रहेको समेत जनाईएको छ

error: Content is protected !!