बाराको महागढीमाई नगरपालिकाबाट अवैध लागुऔषधसहित एक जना पक्राउ

बाराको महागढीमाई नगरपालिकाबाट अवैध लागुऔषधसहित एक जना पक्राउ परेका छन् । महागढिमाई नगरपालिका वडा नं २ स्थित हुलाकी राजमार्गबाट ९०० थान लागुऔषधसहित एक जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा महागढीमाई नगरपालिका वडा नं ६ धर्मपुर निवासी भोलाकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ । पक्राउ परेका यादवको साथबाट लागुऔाध डाईजेपाम ३०० थान, फेनारगन ३०० थान, नुफिन ३०० थान गरि जम्मा ९०० थान लागुऔषध प्रहरीले बरामद गरेको हो ।
प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरीको टोलिले शंका लागेर चेकजाँच गर्नेमा क्रममा उनलाई लागुऔषधसहित नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको छ ।

error: Content is protected !!