सिसिक्यामरामा बाघ देखा पर्यो , सचेत रहन वन कार्यालयको अपिल

रौतहटको बृन्दावन नगरपालिका क्षेत्रमा रहेको वनमा बाघ देखा परेको छ । बृन्दावन नगरपालिका अन्तरर्गत रहेको वल्लेरी खोर जंगलमा बाघ देखा परेको हो । सो वन क्षेत्रमा जडान गरिएको सिसि क्यामेरामा बाघको दृश्य कैद भएको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।

वन्य जन्तुको निगरानीका लागि बन क्षेत्रमा राखिएको क्यामेरामा बाघ देखा परेकाले सर्तक रहन डिभिजन वन कार्यालयका प्रमुख विनोद सिंहले बताउनु भयो । पछिल्लो समयमा वनमा बाघ देखा परेकाले प्रवेश नगर्न र सर्तक रहन उहाँले सवैमा अपिल गर्नु भयो ।

यसअघि पनि चन्द्रपुर नगरपालिका वडा नम्बर ३ स्थित गैडाटारमा रहेको जंगलमा पाटे बाघ देखिएको थियो । वन क्षेत्रमा चर्न गएको खासी,बाख्रा, गाईलाई समेत बाघले आक्रमण गर्ने गरेको स्थानियले बताएका छन ।

रौतहटको विभिन्न वन क्षेत्रमा पाटे बाघ घुमिरहेकोले सर्तकता अपनाउन डिभिजन वन कार्यालय रौतहटले आग्रह गर्दै आएको छ । पछिल्लो समय यस क्षेत्रका वनमा बन्यजन्तुको बिगबिगी बढेको हुदा बन्यजन्तुहरुको संरक्षणतर्फ सम्बन्धित निकायले ध्यान दिनु पर्नेमा स्थानीयले जोड दिएका छन ।

गएको असोज १४ गते बाघको आक्रमणबाट रौतहटमा एकको मृत्यु भएको थियो भने दुई जना घाईते भएका थिए । पछिल्ला बर्षहरुमा रौतहटका बनक्षेत्रमा जंगली जनावरहरुको सख्या बढेसगै जोखिम बढेकोले बनमा प्रवेश नगर्न र होसीयारी अपनाउन डिभिजन बन कार्यालय रौतहटले आग्रह गर्दै आएको छ । 

error: Content is protected !!