जन्ता संग मेयर,चन्द्रपुर नगरपालिका

रौतहटको चन्द्रपुर नगरपालिकाले मुलुकभरको पालिकाहरुमध्ये हरेक वडामा अध्याधिक रकम विनियोजन गर्ने नगरपालिका आफ्नो भएको दावी गर्नु भएको छ ।

आइतबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजति एक कार्यक्रममा नगर प्रमुख चौधरीले चन्द्रपुर नगपालिकामा रहेका १० ओटा वडाहरु देशैको सबैभन्दा बढी रकम पाउने वडा भएको उहाले दावी गर्नु भयो ।

आरडिसी नेपालको आयोजनामा भएको जनता सँग मेयर कार्यक्रममा नगर प्रमुख चौधरीले चन्द्रपुर नगरपालिकाले हरेक वडामा  विनियोजीत हुने बजेट कुल ५ करोड भन्दा बढीे सिलिङ गरेको बताएका भयो ।

१० वटा वडा रहेको चन्द्रपुर नगरपालिकामा हरेक वडामा बिकाश बजेटको लागी ३÷३ करोड र बिभिन्न समिति तथा संघिय संसद,प्रदेश संसद गरी,ससर्त अनुदान बजेट लगायतका बजेट गरी प्रत्येक वडामा ५ करोड भन्दा बढी बजेट बिनियोजन हुदै आएको नगर प्रमुख चौधरीको दाबी रहेको छ ।

यो बजेट नेपालको कुनै पनि महानगरपालिका,उपमहानगरपालिका,नगरपालिका तथा गाउपालिकाले दिन नसकेको नगर प्रमुख चौधरीले बताउनु भयो । जसको गर्दा चन्द्रपुर नगरपालिकामा बिकाशले फडको मारेको उहाको तर्क रहेको छ ।

जलवायु परिर्वतन अनुकुलन तथा बिपत जोखिम ब्यबस्थापन सम्बन्धी अन्र्तरक्रिया कार्यक्रम जनता संग मेयर कार्यक्रमको जवाफ दिदै नगर प्रमुख चौधरीले नगरको हरेक क्षेत्रको बिकाशको लागी आफु सक्रिय भएर लागेको बताउनु भयो । कार्यक्रममा नगर प्रमुख चौधरीले प्रारम्भिक वाताबरणीय परिक्षण नगरी चन्द्रपुर नगरपालिकाले ठेक्का नलगाएको बताउनु भयो ।

अक्सफाम नेपालको सहयोग र आरडिसी नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा बिभिन्न क्षेत्रका ब्यक्तीहरुको उपस्थीती रहेको थियो । कार्यक्रममा युवा समुह,सामुदायिक वन उपभोक्ता समुह,कृषक समुह,कृषि सहकारी संस्थामा आबद्ध पदाधिकारीहरुले आ—आफनो समस्या राखेका थिए ।

सहभागीले राखेको प्रश्न तथा जिज्ञासाको नगर प्रमुख चौधरीले दिनु भएको थियो । सहभागीहरुको जिज्ञासाको उत्तर दिदै नगर प्रमुख चौधरीले अब केही महिना भित्रै हरेक वडामा कृषि प्राबिधिक जेटिए भर्ना हुने,रसायनिक मल ब्यबस्थापनमा नगरपालिका आफैले सहजीकरण गर्ने बताउनु भयो ।

हरेक सामुदायिक वनमा काठ चोरी निकाशीबाट जोगाउन फायरलाइन बनाउन समेत नगर प्रमुख चौधरीले सुझाब दिनु भयो । नगर प्रमुख चौधरीले चन्द्रपुर नगरपालिकामा पशु बिमा सफल भएको भएतापनि बाली बिमामा समस्या आएको बताउनु भयो ।

कार्यक्रममा नगर भरीका बिभिन्न सरोकारवाला संघ संस्थाहरुका पदाधिकारीहरु,आरडिसी नेपालका अध्यक्ष पारस हुसेन,कोषाध्यक्ष ममता झा,संचारकर्मी लागयतको उपस्थीती रहेको थियो ।

error: Content is protected !!