रौतहटको गौरस्थित राइस मिल्सको जग्गा सरकारीकरण हुदै

रौतहटको गौरमा रहेको गौर राइस एण्ड फ्लोर मिल्सको जग्गा अधिग्रहण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सोमवार सम्पन्न भएको छ । प्रदेश २ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्धारा सोमबार गौरमा आयोजित गौर राइस मिल्सको जग्गा अधिग्रहण गर्न अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
जनता समाजवादी पार्टीको केन्द्रीय सदस्य, निर्वाचन आयोग प्रमुख तथा निवर्तमान सांसद अनिल कुमार झाले गौर राइस एण्ड फ्लोर मिल्सको जग्गालाई अधिग्रहण गर्न प्रदेश सरकारबाट कानुनी प्रक्रिया पुरा गरेर सरकारीकरण गर्नु पर्नेमा जोड दिनु भयो ।
रौतहटको गौरमा अबस्थित ऐतिहासिक राइस मिल्सको मैदानमा राजनितिक सभा, खेलकुद मैदान, ठूला महोत्सव गर्न एक मात्र उपयुक्त स्थान रहेको हुँदा कानुनी अडचनहरु पार गरि राइस मिल्सको जग्गालाई सरकारीकरण गर्नु बाहेकको कुनै विकल्प नरहेको उहाहरुले बताउनु भयो ।
प्रदेश २ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश यादवले गौर राइस मिल्सको वारेमा जति सुनेपनि बास्तविकता सोमबार बुझ्न सौभाग्य पाएको चर्चा गर्दै गर्नु भएको थियो । गौर राइस मिल्सको जग्गा अधिग्रहण गर्नका निमित्त १५ करोड रुपैया विनियोजन गरेको बताउनु हुदै यसै आर्थिक बर्षमा अधिग्रहण गरी नेपाल सरकारको नाममा पारिणत गराउन प्रदेश सरकार कटिबद्ध रहेका बताउनु भयो ।
प्रदेश सरकारको भुमि व्यवस्था तथा कृषि राज्य मन्त्री योगेन्द्र यादवले रौतहटबासीको रगत र पसिनाबाट आर्जन गरेको गौर राइस मिल्सको जग्गा खेर जान नदिने चेतावनी दिनु भयो । गौर राइस मिल्सको जग्गामा आँखा लगाउने भु माफियाहरुलाई प्रदेश सरकारले ठिक पारि जनताको हितमा निर्णय गराउन आफू सहितका मन्त्रीहरु जस्तो सुकै परिस्थितीको सामना गर्न तयार रहेको बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जग्गा प्राप्त ऐन २०३४ अनुसार सबै कानुनी प्रक्रिया पुरा गरेर मात्रै अधिग्रहणको प्रक्रिया अघि बढाएमा उपयुक्त हुने बताउनु भयो । राइस मिल्सको जग्गा रौतहटबासीको धरोहरको रुपमा रहेको हुँदा यसलाई संरक्षण एवं संबर्धन गर्न रौतहटबासीको कत्तव्र्य रहेको प्रमुख जिल्ला अधिकारी यादवको भनाइ रहेको थियो ।
गौर नगरपालिकाको प्रमुख अजय कुमार गुप्ताले गौर राइस मिल्सको जग्गा अधिग्रहण गर्न निर्वाचित भएको पहिलो कार्यकाल देखि नै प्रक्रियाहरु अगाडी बढाएको तर संघिय विकास मामिला तथा स्थानिय विकास मन्त्रालयले आर्थिक प्रक्रिया पुरा गर्नका लागि अर्थ मन्त्रालयमा पठाएपनि कुनै सहयोग नहुने बताएपछि बाध्य भई प्रदेश सरकारलाई गुहार्नु परेकोे ब्यक्त गर्नु भयो ।
प्रदेश सरकारबाट अधिग्रहणका लागी यस बर्ष बजेटमा १५ करोड रकम छुट्याएको तर काम कतिको सफलता हुने हो आउने समयले देखाउने गुप्ताले बताउनु भयो । नागरिक समाजको अध्यक्ष जगनाथ प्रसाद केसरी, जेष्ठ नागरिक संघको अध्यक्ष विजय किशोर झा, उद्योग वाणिज्य संघको अध्यक्ष पण्डित जयसवाल, अनिल सिंह र रेबन्त झा, सञ्चारकर्मी प्रभात कुमार झा र शैलेन्द्र गुप्ता सहितको वक्ताहरुले गौर राइस एण्ड फ्लोर मिल्सको जग्गा सार्वजनिक गर्नु पर्नेमा जोड दिनु भयो ।

error: Content is protected !!