सप्तरीबाट ४१ किलो गाँजा बरामद भएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ सकरदहीमा परालको थुप्रोमा लुकाएर राखिएको अवस्थामा लागुऔषध गाँजा बरामद भएको सशस्त्र प्रहरी सप्तरीका प्रमुख प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सार्वजनिक जग्गामा राखिएको परालको थुप्रोभित्र लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको हो ।

गाँजा राखेर विभिन्न ठाउँमा बिक्री वितरण गर्ने गरिएको बताउँदै उनले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए 

error: Content is protected !!