रौतहटको कटहरिया देवाहिगोनाही नेकपा प्रचण्ड—माधव समुहले मसाल जुलुस प्रर्दशन गरेको छ

रौतहटको कटहरिया देवाहिगोनाही र चन्द्रनिगाहपुरमा नेकपा प्रचण्ड—माधव समुहले मसाल जुलुस प्रर्दशन गरेको छ । केपी ओलीको असंबैधानिक कदम र गैर कानुनी संबैधानिक नियुक्तिको विरोधमा विहिबार नेपाल बन्दको पुर्व सन्ध्यामा बुधबार साझ मसाल जुलुस गरिएको हो ।

कटहरियामा नगर संघर्ष समितिका संयोजक यूवा नेता नसरुदिन अंसारीको नेतृत्वमा कटहरिया बजारबाट निस्केको मसाल जुलुस बजार परिक्रमा गरि पूनः कोणसभामा परिनत भएको थियो ।मसाल जुलुसमा विधार्थी नेता अन्चीत कुशवाहा सम्मसुदिन आलम प्रत्येक वडाका वडा संयोजक तथा सह संयोजक लगायत सयौको संख्यामा उपस्थितहरुले केपी ओलि मुर्दाबाद , केपि चोर देश छोड, केपि तेरो पाराले दु्ःख साराले भन्दै करा नाराबाजि गरेका थिए । त्यस्तै देवाही गोनाहीको प्रमुरगोनाही बजारमा नगर संघर्ष समितीका सह संयोजक अत्यानन्द उपाध्यायको नेतृत्वमा मसाल जुलुश निकालिएको हो

मसाल जुलुसमा सहभागी सो सममुहका नेता तथा कार्यकर्ताहरुले माघ २२ गतेको आम हट््ताल सफल पारौ , अबैधानिक नियुक्ति खारेज गर लगायत सरकार विरोधी नारा लगाएका थिए । प्रतिनिधि सभा विघटनको विरुद्धमा आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै बिहीवार आज आमहडतालको घोषणा गरेका छन ।

बुधवार केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको मनपरी र निरङ्कुशता बढ्दै गएकाले त्यसलाई रोक्न हड्ताल गर्नु परेको बताउनु भएको थियो ।
विहिबार यातायात, उद्योग कलकारखाना, शैक्षिक संस्था लगायत सबै क्षेत्र बन्द हुने नेकपा केन्द्र्रिय सदस्य युवराज भट््टराइले बताउनु भयो । त्रिविका धेरै तहका परीक्षा चलेकाले परीक्षा केन्द्र र परीक्षा दिन जाने विद्यार्थीका साधनलाई भने नरोकिने जनाइएको छ ।

error: Content is protected !!