इलाका प्रहरी कार्यालय गरुडाले चोरी गरेको मोटरसाइकल सहित दुई जना मानिसलाई पक्राउ

इलाका प्रहरी कार्यालय गरुडाले चोरी गरेको मोटरसाइकल सहित दुई जना मानिसलाई पक्राउ गरेको छ । 
गरुडा नगरपालिकाको वडा नं. ५ झाँझपुलमा बुधबार बिहान ९ बजेको समयमा प्रहरी टोली द्वारा चेकजाच गर्ने क्रममा बा. प्र. ०३ – ००२ प ६५८८ नम्बरको रातो रंगको पल्सर एन एस २०० सी सी को मोटरसाइकल सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा जिल्ला बारा कोल्हबी नगरपालिका – ७ धोंधरपा टोल बस्ने २१ वर्षीय सागर चौधरी र त्यही नगरपालिका – वडा नं. १० प्रसौनी टोल बस्ने २० वर्षीय देव् प्रकाश चौधरी रहेका छन । अभियुक्त दुबै जना आज बिहान ५ बजेको समयमा हेथौड़ा देखी बाराको कोहल्बी नपा – १० प्रसौनी बस्ने भुट्टा भन्ने प्रदेशी चौधरीले मोटरसाइकल चोरी गरी यी दुई जनालाई बिक्री गर्ने उद्देश्यले दिएको बताईएकाे छ ।

हेडाैंडा उप महानगरपालिका – ४ अजर अमर रोड बस्ने महमद ओली उल्लाहको आफ्नै डेरा कोठा बाहिर पार्किंग गरि राखिएको अवस्थामा माघ १८ गते करिब साढ़े ९ बजेको समयमा मोटसाइकल चोरी भएको थियो । चोरहरुले एक हप्ता अगाडि पल्सर मोटसाइकल चोरी गरेको थियो ।

दिनदिनै बढ्दै गएको बाइक चोरीमा चोरहरुको ठुलो गिरोहको संलग्नता हुन सक्ने प्रहरीको अनुमान रहेको छ।चोरी गरेको बाइक बिशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको ईप्रका गरुडाका निमित कार्यालय प्रमुख प्रहरी निरीक्षक राम राजा केसरीले जानकारी दिनु भयो ।

error: Content is protected !!