हुकिङ्ग गरि बिधुत्त चोरी गरिरहेको उपकरणहरु गौर प्रधिकरणको नियन्त्रणमा

रौतहट २२ माघ । नेपाल विद्युत प्राधिकरण गौर अहिले बढदै गएको चुहावट नियन्त्रण गर्न सक्रियता देखाउँदै राजस्वमा उल्लेखनीय वृद्धि गरेको छ । कोरोना महामारीको मौका छोपी रौतहटमा बढदै गएको विद्युत चोरीलाई नियन्त्रण गर्दे प्राधिकरणले राजस्वमा वृद्धि गरेको हो । कोरोना महामारीको कारण देखाउँदै सरकारले लकडाउन गरेको मौका छोपी विद्युत चोरी कार्यमा तीव्रता आएको थियो ।

प्राधिकरणले दुई महिनाको अवधीमा रौतहटको विभिन्न स्थानबाट विद्युत चुहावटलाई नियन्त्रण गर्दे ७ लाखभन्दा बढी राजस्व संकलन गरेको कार्यालय प्रमुख माधव प्रसाद यादवले बताउनु भयो । अवैध रुपले विद्युत चोरी गरी उपभोग गर्दे आएका २६ जना व्यक्तिलाई पक्राउ समेत गरिएको बताउनु भयो ।

उहाका अनुसार  प्राधिकरणले सो क्रममा २ सय ४० वटा मोटर, ७० वटा पंखा, २५ वटा फ्रिज, ५ वटा टेलिभिजन, लगायत विभिन्न इलेक्ट्रिक समानहरु बरामद गरी आवश्यक कारबाही गरिएको जनाएको छ । विद्युत चुहावट नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय रौतहट तथा शसस्त्र प्रहरी सहितको प्राधिकरणको संयुक्त टोली गाउँ गाउँमा पुगेर अनुगमन गर्दे आईरहेको प्राधिकरणले जनाएको छ ।

error: Content is protected !!