गुजरा नपाका बिधालयहरुको शिक्षा अवस्था कमजोर, शिक्षा संयोजकको निर्णय बिना बिधालय बन्द


रौतहट २२ माघ

रौतहट जिल्लाको गुजरा नगरपालिका अन्तरगतका वडा नम्बर २ मा पर्ने श्री माध्यमिक विधालय रंगपुर नयाँबस्ती कटानीका बिधालयहरुको शिक्षा अवस्था निकै कमजोर देखिएको छ। केही संचारकर्मीहरुको टीम त्याहा अनुगमन गर्न जादा त्याहाका स्थानिय अवदुल सलामले बिधालयको अवस्था बारे जानकारी गराएका हुन ।

नगरपालिकाले खासै चासो नलिएका कारण सो विद्यालयहरुमा चर्पी , खानेपानी, विधुत्त, खेलकुद मैदान, साईन्स ल्याब ,पुस्तकालय र कक्षाकोठा व्यवस्थापन , राम्रो नभएकाले बिधार्थी बिचल्ली भएका छन ।
साथै बिधालय भवनहरुमा बेच्न डेस्क , झयाल लगायत दक्ष शिक्षक शिक्षिकाहरुको अभाव समेत भएको वहाले जानकारी दिनु भयो् ।
नगरपालिकाले सूचना नै प्रबाह नगरि आफनो मनमानी ढगले विद्यालयमा बिदा दिएर बिधार्थीको उज्जवल अन्धकार तर्फ धकेलन खोजिएको स्थानियहरुले आरोप लगाएका छन ।

यसबारे प्रधानाअध्यापक सुनिल कुशवाहा संग संचारकर्मीहरुले जानकारी लिन खोजदा
वहाले आज हडताल हो भनेर विद्यार्थीहरुलाई विदा दिएको प्रतिक्रीया दिनु भयो ।
तर प्रअले आफ्नो ब्यक्तीगत कार्यले जता तेतै निस्केका स्थानियको भनाई छ । स्थानिहरुले विद्यालयमा बोलाए पछि उनले सोमबार आउछु म अहिले व्यस्त छु । जे सोध्नु छ जे कुरा गर्नु छ त्यही दिन गरौला कुशवाहाले भने
फोन गर्दा वहाले राम्रो सङ्ग कुरा नगर्ने र पछि हेलो हेलो भनेर फोन काटिएको र पछि पटक पटक फोन गर्दा पनि फोनै न उठाएको र पछी हामी आफै त्याहा पुगेर जानकारी लिएका पत्रकारहरुले बताएका छन ।

साथै यसबारे बिधालयका सहायक प्र.अ. मनोज पटेल फोन गर्दा आफुलाई फुर्सत नभएको र चन्द्रनिगहपुरमा आएर कुरा गर्न बताए ।
बिधालयमा भईरहेको गतिबीधी र बन्द बारे गुजरा नगरपालिकाका शिक्षा प्रमुख शिवमंगल कुशवाहा संग जानकारी लिदा विद्यालयमा बिदा नदिएको भन्दै विद्यालय किन बन्द गरिएको छ भने यसबारे आफुलाई जानकारी नै नभएको प्रतिक्रिया दिनु भयो ।
अभिभावकहरुलाई जानकारी बिना प्रअले लक डाउनको अवस्थामा २ जना शिक्षकलाई नियुक्ती गरेको स्थानिय बासिहरुको भनाई छ ।

स्थानिय अब्दुल सलामले आफनो नेतृत्वमा माघ १५ गते नगरपालिका लाई ज्ञापनपत्र बुझाउँदा पनि नगरपालिकाले केही चासो नलिए पछि आफु बाध्य भयर पत्रकारहरुको टोलीलाई खबर गरेको सालामले जानकारी दिनु भयो ।

error: Content is protected !!