नेपाली कांग्रेश आवद्ध भातृ संगठन शुवेक्क्षुक संस्थाहरु ले गरे विरोध प्रदसन

नेपाली कांग्रस आवद्ध भातृ संगठन शुवेक्क्षुक संस्था रौतहटको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद बिघटन र असंबैधानिक नियुक्तीको बिषयलाई लियर नेपाली कांग्रसे रौतहटले बिरोध जनाएका छन ।
जिल्लाको गरुडा नगरपालिकामा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रत्यासी एवम संविधान सभाका सदस्य सुनिल कुमार यादव उर्फ (जितेन्द्र )को प्रमूख आतिथ्यमा बिरोध सभा कार्यक्रम संम्पन भएको छ
नेपाल शिक्षक संघ रौतहटका अध्यक्ष राम कृपाल यादवको अध्यक्षतामा बिरोध कार्यक्रममा जिल्ला भरीकै काङ्ग्रेसका विभिन्न शुभेच्छुक संस्था भातृ संघ संगठनहरुको बिषेश उपस्थीती रहेको थियो ।
असंवैधानिक कदमको विरुद्धमा बोल्दै प्रमुख अथिती समेत रहेका प्रभावशाली युवा नेता जितन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधानमा कहि कतै नलेखिएको अधिारक प्रयोग गरेर संसद बिघटन गरिएको आरोप लगाएका छन ।

पहिला पहिला राजा महेन्द्रले पनि यस्तै तनासाह गर्न खोज्दा जनताले तह लगाएको र अब यो केपी ओलीलाई पनि जनताले तह लगाउने बेला अएको बताउनु भयो ।
केपी ओलीलाई जनताले तह लगाएर नै छाडने बिश्वास ब्यक्त गर्नु भयो । ओली एक पछी अर्को गलत कदम चाल्दै गएको र सो लाई जनताले समयमा तह नलागाए देश दुर्घटना तर्फ जाने र पछि जनताले पश्चताउने दिन आउने भएकाले बिरोधका कार्यक्रममा आउन पार्टी सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो ।
देशमा दुई तिहाईका सरकार हुदा हदै अधिनायकवादी कम्युनिष्टहरुले संसद बिघटन गरेर जनता माथी तनासाह गर्न खोजिएको आरोप लगाउनु भयो ।
नेता यादवले प्रधानमन्त्री केपी. शर्मा ओलीको सिफारिसमा राष्टपति बिध्या देवी भण्डारीले गरिएको प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदमहो भन्दै त्यसको विरुद्धमा हामी निरन्तर आन्दोलन गरिदै आएको बताउनु भयो ।
नेपाली कांग्रेसका सुभेक्षुक संघ संस्थाहरू नेपाल शिक्षक संघ , नेपाल बिधार्थी संघ, लगतएत भातृ संगठनहरुको बिषेश उपस्थिीतीमा आज देशै भरीका सबै जिल्लाहरुमा एकैसाथ प्रदर्शनको गरिएको सचिवालय सचिव गनिलाल यादवले जानकारी दिनु भयो ।

error: Content is protected !!