सुतिरहेकी महिलालाई धरिलो हतियार प्रहार गरी हत्या

बारामा एक महिलालाई धरिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।

महागढिमाई नगरपालिका वडा नम्बर १ स्थित निवासि बैझनाथ प्रसाद कुश्बाहाको ४५ बर्षिय श्रिमति कान्ति देबि कुश्वाहालाई अज्ञात समुहले आइतवार राति अन्दाजी १० बजेको समयमा घरमै सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।

जिल्ला प्रहरी प्रबक्ता गौतम मिश्रले दिएको जानकारी अनुसार घटनाको बारे थप अनुसंधान भईरहेको छ ।

विहानैदेखि घटनास्थलमा तालिमप्राप्त कुकुरको टोली सहित प्रहरी अनुसन्धानमा जुटेको छ ।

error: Content is protected !!