सरस्वतीको मुर्ति बनाउन मुर्तिकारहरु अहिले व्यस्त

सरस्वती पुजा अर्थात श्रीपञ्चमी नजिकिँदै गर्दा सरस्वती पुजाका लागि सरस्वतीको मुर्ति बनाउन मुर्तिकारहरु अहिले व्यस्त रहेका छन ।
यस वर्षको सरस्वती पुजा आउँदो यहि फाल्गुण ४ गते रहेको छ । सरस्वती पुजाको अब १० दिन मात्रै समय बाँकी रहेकाले रौतहट सहित बारा, पर्सा, सर्लाही लगाएतका जिल्लाहरुमा सरस्वतीको मुर्ति बनाउन मुर्तिकारहरुलाई यतिबेला भ्याई नभ्याई भएका छन ।
सरस्वती पुजाका लागि माटोका सरस्वतीको मुर्ति बनाउन मुर्तिकारहरु अहिले रातदिन खटिरहेका छन । रौतहटको विभिन्न स्थानमा १ महिना अघिदेखी मुर्तिकारहरु कडा मिहनतका साथ सरस्वतीको मुर्ति बनाईरहेको देखिएको छ ।
तराई मधेशका जिल्लाहरुमा यतिखेर कारिगरहरुले पराल,माटो र बाँस बाट कलात्मक तरिकाले सरस्वतीको मुर्ति बनाएर बिक्रीवितरण गर्ने गर्दछन ।
उनिहरुले पराललाई डोरीले बाँधेर हात , खुट्टा र शरिरको आकृति निकालेर त्यसलाई चिम्टाईलो माटोले उक्त आकृतिमा लिप्ने गर्दछन । त्यस पछि उक्त मुर्तिलाई घाममा सुकाएर बिभिन्न रंग रोगन गरेर बिक्रीवितरण गर्ने गर्देछन ।
तराईका जिल्लाहरुमा यस्ता मुर्तिहरुको बढि किन मेल हुने गरेको छ । ६० बर्ष देखि आफु यो मुर्ति बनाउने पेसामा लागेको र आफुलाई राम्रो भएको तथा नेपालमा बसेर राम्रो कमाई हुने गरेकोले आफु यो पेशामा लागेको पिपरा बजारमा मुर्ति बनाउँदै गरेका दिनेश पंडितले बताउनुभएको छ ।
रौतहट सहित देशको विभिन्न ठाउँमा गएर आफुले माटोको र सिमेन्टहरुको मुर्ति बनाउनुका साथै विभिन्न किसिमका पशुपंक्षीहरुको समेत मुर्ति बनाउने गरेको उहाँले बताउनुभयो ।
एक मुर्ति बराबर १५ सय रुपैयाँ प्रतिगोटा देखि १० हजार रुपैयाँ सम्मा लिएर बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।
आफुले मुर्ति बनाउन शुरु गरेको दिनदेखी अहिले सम्म २० भन्दा बढी मुर्ति बनाईसकेको गरुडामा मुर्ति बनाउँदै गरेका मुर्तिकार दिलबाबु कुम्हारले बताउनुभएको छ ।
जिल्लाको गौर, शिवनगर, गरुडा, चन्द्रपुर, कटहरीया, पिपरा, समनपुर लगाएतका बजारहरुरुमा ठूलो सङ्ख्यामा मुर्तिकारहरुले सरस्वतीको मुर्ति बनाईरहेका छन । आफुले अहिले सम्म २५ देखी ३५ वटासम्म मुर्ति बनाईसकेको गौरमा मुर्ति बनाईरहेका मुर्तिकार शम्भु पंडितले बताउनुभएको हो ।
मुर्तिकारहरुले बनाउने माटोका मुर्ति एक हजारदेखी १० हजार सम्मा बिक्री हुने गर्दछन । आफुहरुले एक हजारदेखी दश हजार सम्मको मुर्ति बनाईरहेको मुर्तिकारहरुको भनाई छ ।
त्यस्तै विगतका वर्षहरुको तुलनामा यस वर्ष सरस्वती पुजाका लागि मुर्ति बनाउन अर्डर दिनेहरुको सङ्ख्या पनि बढी नै भएको शिवनगरमा मुर्ति बनाउदै गरेको खेसरहियाका मुर्तिकार राजु यादवले बताउनुभयो ।
त्यस्तै आफुले प्रत्येक वर्ष यो सिजना १ महिनामै मुर्ति बनाएर नै १ देखी डेर लाख रुपैया सम्म आम्दानि गर्ने गरेको उहाँले बताउनुभयो ।
मिहनत बढी र लागत थोरै लागने भएकाले पछिल्लो समय मुर्ति बनाउन सिक्ने र बनाउने तर्फ युवाहरु आकर्षित पनि हुदै गएको छ ।
तराईका जिल्लाहरुमा सरकारी तथा निजि विधालयका विधार्थिहरुले बसन्तपंचमी अर्थात सरस्वती पुजाकोे दिन उक्त मुर्ति खरिद गरेर विशेष पुजा गर्ने गरेका छन

error: Content is protected !!