गरुडामा प्रचण्ड माधव समुहको नेता कार्यकर्ताहरुले निकाले मसाल जुलुस

संसद बिघटनको बिरुद्धमा रौतहटको गरुडामा प्रचण्ड माधव समुहको नेता कार्यकर्ताहरुले मसाल जुलुस निकालेका छन। प्रधानमन्त्री ओलिले चालेको संसद विघटनको कदम असंबैधानिक रहेको भन्दै प्रचण्ड माधव समुहका नेकपाका नेता कार्यकर्ताहरुले गरुडामा मसाल जुलुस निकालको हो ।
पार्टी कार्यलय बाट निसकेको रैयाली गरुडा बजार र ईलका प्रहरी कार्यलयलाई परिक्रमा गरि पुणः कोण सभामा परिनत भएको थियो ।
प्रधानमन्त्री केपि ओलीको बिरुद्धमा नाराबाजी गरेका थिए । प्रधानमन्त्रीले गरेको संसद बिघटनको निर्णय प्रतिगामी रहेको भन्दै आन्दोलन हुदै आएको छ ।
जिल्ला अध्यक्ष कमल यादवको अध्यक्षतामा कटहरिया नगरपालिका नगर संर्घष समितीका संयोक युवा नेता नसरुदिन अंसारीको नेतृत्वमा मशाल जुलुस निकालिएका थियो ।
मशाल जुलूसमा गरुडा नगरपालिकाका नगर संर्घष समितीका संयोजक शेख कलिमुल्लाह, माधव नरायणका, देव नरायण भगत, गढीमाईका रामपुकार यादव, कटहरियाका नसरुदिन अंसारी , पार्टीका जिलला कमिटी सदस्यहरु बिपिन जयसवाल,राजदेव सहनी,महिला नेतृ जयरानी देवी,सहितको नेता कार्यकर्ताले गरुडामा मशाल जुलुस निकाललिएको हो उक्त जुलुशमा करिब ४ सयको संख्यामा नेताकार्यकर्ताहरुको उपस्थिीती रहेको थियो ।

error: Content is protected !!