सालको काठ प्रहरी नियन्त्रणमा, तस्कर फरार

 रौतहटबाट पाँच वटा साईकलमा सालको अवैध गोलियाकाठ बरामद भएको छ ।

रौतहटस्थित डिभिजन वन कार्यालय चोंचाका प्रमुख राजेश साहको नेतृत्वमा गएको सशस्त्र वन गस्ती टोलीले गएराती गुजरा नगरपालिकाको मैढा टोल नजिकै ६ वटा साइकलमा ६ वटा सालको गोलिया काठ बरामद गरेको हो ।

बरामद काठ २९ कयु.फिट भन्दा बढी रहेको प्रमुख साहले बताएका छन ।अवैध रुपले वनबाट काठ लगेको सूचनाको आधारमा गएको गस्ती टोलीलाई देखेर काठ तस्कर भने फरार भएका थिए ।

यसअघि सोमबार राति पनि बलुवा टोलको नहरबाट एकथान साइकल र गोलिया काठ ८ क्युफिट बरामद गरेको थियो ।

बरामद काठ र साइकल डिभिजन वन कार्यालय चोंचामा राखिएको तथा तस्करको खोजी भैरहेको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ ।

error: Content is protected !!