रौतहटमा निर्वाचनको तयारि ,३० वटा मतदान केन्द्र थप

रौतहटमा ३० वटा मतदान केन्द्र थपिएको छ। सरकारले आगामी बैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेपछि अहिले जिल्ला निर्वाचन कार्यालय रौतहटले गतिविधिलाई तीव्रता दिएको हो।

निर्वाचनको तयारीका लागि १८ वटा स्थानीय तहको १५७ वडा कार्यालयमा अध्यावधिको कागज पठाइसकेको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले बताउनुभयो।

वडाबाट मृत्यु भएका तथा मतदाताबाट नाम हटाउनुपर्ने उजुरीअनुसार अध्यावधिको भइरहेको निर्वाचन अधिकारी दासले बताए। निर्वाचन आयोगले पछिल्लो पटक पठाएको मतदाताको तथ्यांकअनुसार आगामी निर्वाचनमा रौतहटमा करिब ३० वटा मतदान केन्द्र थपिने समेत दासले जानकारी दिनुभयो। २०७४ सालको निर्वाचनमा ४४९ मतदान केन्द्र थियो।

अहिले करिब ४८१ केन्द्र हुने भएको छ।रौतहटमा २०७४ सालको निर्वाचनमा ३ लाख २९ हजार ८६१ मतदाता रहेका थिए। पछिल्लो मतदाता संख्या ३ लाख ६० हजार ६४० रहेको दासले जानकारी दिए। मतदाताको अन्तिम परिणामको संख्या फागुन २० गतेभित्र नै आउने समेत निर्वाचन अधिकारी दासले बताउनुभयो।

error: Content is protected !!