निर्वाचित वडा अध्यक्ष प्रहरीद्धारा पक्राउ

 रौतहटमा निर्वाचित वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । रौतहटको बौैधीमाइ नगरपालिकाको वडा नम्बर ७ का वडा अध्यक्ष विजय कुश्वाहालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो वडा अध्यक्ष कुश्वाहाले अबैध भन्सार छलिका पशु चौपायालाई स्थानियलाई प्रलोभनमा पारी सशस्त्र प्रहरी विओपी बंकुलमा आक्रमण गरि भगाएर आरोप लागेकोे छ ।

सोही आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहट गौरबाट  खटिएको प्रहरी टोलीले शुक्रबार नियन्त्रणमा लिएको हो । निर्वाचित वडा अध्यक्ष स्वयमले तस्करीको कार्यलाई बढावा दिएकोले प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सिमा क्षेत्रमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपाल प्रवेश गरेको भैसी पाडालाई गत माघ १० गते बरामद गरेर आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय तर्फ पठाउन खोज्दा निजले स्थानीयलाई विओपीमा आक्रमण गरि बरामद गरिएको चौपाया भगाउने क्रममा स्थानीयको आक्रमणबाट विओपीमा क्षति पुगेको ेथियो ।

उहाले शान्ति सुरक्षामा खलल पुर्याइएकामले उहालाई पक्राउ गर्न  पक्राउ पुर्जी जारी गरिएको थियो । पक्राउ पुर्जी जारी भएपश्चात वडाध्यक्ष कुश्वाहा लुक्दै आउनु भएको थियो । खोजतलास गर्ने क्रममा शुक्रबार दिउसो प्रहरीले नियन्त्रणमा लिन सफल भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा आवश्यक अनुसन्धान पछि कार्यालय खुलेकै दिनमा उपस्थित हुने शर्तमा सोही नगरपालिका वडा नम्वर ६ का  वडाध्यक्षको जिम्मा जवानीमा कुश्वाहालाई तत्काल  छाडिएको रौतहटका प्रहरी प्रमुख एसपी सिद्धि विक्रम शाहले बताउनु भयो ।

error: Content is protected !!