रौतहट प्रहरीले प्रतिबन्धी लागु औषध गजा बरामद गरेका छन

रौतहट प्रहरीले प्रतिबन्धी लागु औषध गजा बरामद गरेका छन । जिल्लाको कटहरिया नगरपालिका वार्ड नं १ भसेडवा पानी टंकी टोल बाट सो गाजा बरामद गरिएको प्रहरीले जनाएको छ


शुक्रबार राती ९.३० बजेको समयमा बिषेश सुचनाको अधारमा ईलाका प्रहरी कार्यलय गरुडाको कमाण्डमा खटिएका प्रहरीहरुको टोलीले वडा नं. १ का वडा अध्यक्ष राजकुमार साहको काकाको छोरो अन्दाजी बर्ष ४५ को दिपलाल साह कानुको घरबाट खानतलासी गर्दा २५० ग्राम लागु औषध गजा बरामद गएिको बताएका छन ।

प्रहरीले साहको घरमा खान्न तलाशी गर्न जादा निज साहले आफनो घरका महिलाहरु र आफन्तहरुलाई लागाई प्रहरी माथी ढुगा मुडा प्रहार गरि आक्रमण गरेका थिए । आक्रमणमा परेर ईलाका प्रहरी कार्यलय कटहरियाको गाडीमा क्षति समेत पुगेको छ।

स्थानियहरुले उग्ररुप लिदा सो लाई नियन्त्रण गर्न प्रहरीले हवाई फायर समेत गरेका थिए । आक्रमणमा परि दुई जना प्रहरी समेत घाईते भएको बुझिएको छ ।
रातीको समयमा प्रहरीले घर भित्र प्रबेश गरि खानतालश गर्न खोजदा त्यस टोलका स्थानियहरुले रातीको समयमा रोक लागए पछि ब्यापक मात्रामा प्रहरी परिचालन गरिइको थियो ।
सो क्रममा आज ईलाका प्रहरी कार्यलय गरुडाबाट खटिएका प्रहरी नायब निरिक्षक रबि रावल नेतृत्वको प्रहरी टोलीले हुल दगां गर्ने गरेको र स्थानियलाई उस्काउन खोजेकोले आरोपमा स्थानिय बिजय कुश्वाहालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

error: Content is protected !!