रौतहटमा नेकपा प्रचण्ड–माधव समूहका नेता कार्यकर्ताहरुले भब्यताका साथ जनयुद्ध दिवस मनाएका छन ।

रौतहटमा नेकपा प्रचण्ड–माधव समूहका नेता कार्यकर्ताहरुले भब्यताका साथ जनयुद्ध दिवस मनाएका छन ।
जिल्लाको कटहरिया बजारमा अवस्थीत बिबाह भवन मण्डप अगाडी २६ औ जनयुद्ध दिवस मनाएका हुन ।

प्रचण्ड माधव समुहका नेता एवम कटहरिया नगरपालिका नगर संर्घष समिती संयोजक युवा नेता तथा मेयर प्रत्यासी नसरुदिन अंसारीको अध्यक्ष्तामा र कटहरिया नगरपालिकी नगर उपप्रमुख नुरजहांन खातुनको नेतृत्वमा सैयोको संख्यामा नेताकर्यकर्ताहरुले मैन बत्ती बाली श्रद्धाञ्जली अर्पण गर्दै सहिदहरुको यादमा एक मिनेट मौन धारण गर्दै मनाएका हुन ।
२५ वर्षअघि ‘जनयुद्ध’ सुरु भएको दिनको सम्झनामा तत्कालीन माओवादीहरुले यो दिवस मनाउँदै आएका छन् ।

सहिदहरुको समझनामा दिप प्रज्वलन गरि भेलालाई सम्बोधन गर्दै युवा नेता अंसारीले भने महान् जनयुद्ध जसले समान्तवादको अन्त्य गर्न सफल भयो ।
यसले सदियौँ देखिको शोषण र उत्पीडन, र तल्ला तहका गाउँबस्तीका जाली फटाहा र सामन्तवादका एजेन्ट थिए र उनिहरुबाट समग्र देश सामन्तवादबाट पिडित थिए ।
त्यसबाट जनतालाई मुक्त गर्न बलिदान गर्ने हाम्रा हजारौँ महान् सहिदलाई सबभन्दा पहिला सम्झँदै अभिवादन गर्न चाहान्छु उनले भने ।

जनयुद्धले समग्र समाज वा राज्यको रूपान्तरणका लागि जुन अभियान सुरु गर्यो त्यसले धक्काका रूपमा प्रत्येक शोषित, पीडित र श्रमजीवी जनताहरूलाई एकै पटक ब्युँझायो, जगायो ।
जनयुद्धको सबैभन्दा ठूलो उपलब्धि भनेकै यही हो । जनयुद्धको बलमा अएको उपलब्धीलाई गुमाउन प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो मन परि हिसाबले संसंद बिघटन गरि देशलाई दुर्घाटना तर्फ धकेलिएको आरोप लगाउनु भयो ।

error: Content is protected !!